अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्च तोडफोड, विथोलियो कार्यक्रम
बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर शिलान्यासका लागि गएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी कार्यक्रम स्थानीयवासीले बिथोलेका छन् । अर्थमन्त्री पौडेलले मञ्चमा उभिएर बोल्दै गर्दा स्थानीयवासीले तोडफोड गरेपछि कार्यक्रम बिथोलिएको हो । यसअघि पनि स्थानीयवासीले विरोध जनाएपछि शिलान्यास कार्यक्रम आजका लागि सारिएको थियो ।
स्थानीयवासीको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले हिजोदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए। बलियो सुरक्षा घेरामा आज (शुक्रबार) शिलान्यास कार्यक्रम सुरु गरिएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै तोडफोड गरेका हुन् ।
स्थानीयवासीले मञ्चमै आएर तोडफोड गरेपछि मन्त्री बोल्दाबोल्दै बीचैमा छाडेर हिँडेका थिए । स्थानीयवासीले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्च तर्फबाट पनि पनि प्रतिकार भएको र त्यसपछि वातावरण झन् बिथोलिएको थियो । मन्तव्य दिन सुरु मात्र गरेका अर्थमन्त्री पौडेल तोडफोड हुन थालेपछि मञ्च छाडेर हिँडेको प्रहरीले जानकारी दिएको छ ।
शिलान्यासका लागि तयार गरिएको मञ्च हिजो स्थानीयवासीले भत्काइदिएका थिए । आज फेरि प्रहरीको कडा सुरक्षा घेरामा मञ्च तयार गरिएको थियो। सरकारले रूपन्देहीमा १ हजार बिघाको करिडोर निर्माण अभियान थालेको छ । करिडोर निर्माण गर्दा ४ सय घरपरिवार विस्थापित हुने भएपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी