शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मूलधारको राजनीतिमा आएलगत्तै हेटौंडामा विप्लव नेतृत्वको नेकपाको कोणसभा

शुक्रबार, २१ फागुन २०७७, १९ : २९
शुक्रबार, २१ फागुन २०७७

मकवानपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हेटौँडामा विजय र्‍यालीसहित कोणसभा गरेको छ । सरकारसँग ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै मूलधारको राजनीतिमा आएलगत्तै सो पार्टीले आफ्नो विजय भएको भन्दै शुक्रबार 
र्‍यालीसहित कोणसभा गरेको हो ।  

हेटौंडाको वन विज्ञान अध्ययन संस्थानबाट सुरु भएको र्‍याली सीमाचोक हुँदै बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै सो पार्टीका जिल्ला सेक्रेटरी सूर्य अर्यालले भ्रष्टाचार, बलात्कारको विरुद्धमा आवाज उठाउँदा आफ्नो पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको बताए ।

जनताको पक्षमा आवाज उठाउँदा आफ्ना नेता तथा कार्यकर्तालाई झुटा मुद्दा लगाई थुन्दासमेत विचलित नभई आफ्ना मागहरुलाई सशक्त रुपमा उठान गरेको उनको भनाइ थियो ।

सो पार्टीका मकवानपुर इन्चार्ज रामबहादुर घलान ‘वाटर’ले विप्लवको नाम सुन्ने बित्तिकै काप्ने गरेको ‘दलाल सरकार’ले आफूहरुलाई प्रतिबन्ध लगाएको भए पनि अन्ततः प्रतिबन्ध फुकुवा गर्न सरकार बाध्य भएको बताए ।

अहिलेको संसदीय व्यवस्था फेल भएको कारण यो व्यवस्था फेर्नका लागि सरकार र विप्लवबीच फास्ट ट्रयाकबाट ३ बुँदे सहमति भएको उनले बताए ।

आफुहरु देश र जनताको लागि जेलमात्र नभई फाँसीमा झुन्डिन तयार भएको भन्दै उनले भ्रष्टाचार, बलात्कारको विरोध गर्दै सधैँ जनताको पक्षमा आफूहरु उभिने बताए । र्‍यालीमा हेटौंडाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समेत सहभागी गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप