मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनतालाई वल प्रयोग गरी धम्काएर गरिएको विकासको औचित्य हुँदैन : बालकृष्ण खाण

शुक्रबार, २१ फागुन २०७७, २१ : ५९
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद बालकृष्ण खाणले जनताको सहमति विपरित मोतीपुर औद्योगिक करिडोर शिलान्यास गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । स्थानीय अवरोधकाबीच रुपन्देही २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।

बुटवल उपमहानगरपालिका स्थित  वडा न  १७ १८ मोतीपुर शुद्धोधन गाउपालिका वडा न ३ र सियारी गाउँपालिका वडा न ७ मा लामो समयदेखि बसोवास गर्दै आएका किसानहरुलाई लालपुर्जा दिनुपर्नेमा ठाँउमा जवरजस्ती शिलान्यास गरिएको उनले बताए ।

जिल्लाको बुटवल उपमहानगरपालिकामा औद्योगिक करिडोर निर्माण गर्ने चाहना वुटवलवासी सबैको नै हो । बुटवल उपमहानगरपालिका स्थित  वडा न  १७ १८ मोतीपुर शुद्धोधन गाउपालिका वडा न ३ र सियारी गाउँपालिका वडा न ७ मा लामो समयदेखि बसोवास गर्दै आएका किसानहरुलाई लालपुर्जा दिनुपर्नेमा ठाँउमा जवरजस्ती त्यहाँका जनताको सहमति विपरित मोतीपुर औद्योगिक करिडोर शिलान्यास गर्ने कार्य प्रति गम्भिर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ ।

मोतिपुरका जनताको मागको उचित सम्वोधन नगरी जवरजस्ती ढङ्गले जनतालाई वल प्रयोग गरी धम्काएर र चित्त दुखाएर गरिएको विकासको औचित्य नहुने खाणले बताए । यस कुरामा जिम्मेवारी रुपमा गम्भीर बन्न सरकारलाई उनको आग्रह छ ।

मोतिपुरका जनताको विमति हुँदाहुँदै नेपाल सरकारका अर्थ मन्त्री विष्णु पौडेलले सुरक्षाबलको आडमा जवरजस्ती ढङ्गले दमन गरेर शिलान्यास गर्दा झडपमा परि घाइते भएको खाणले बताए ।

उनले घाइते स्थानीयवासी र सुरक्षाकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । खाणले मोतिपुरका जनताले अपनत्व नलिएको विकासले गति नलिनेतर्फ सरकारलाई सचेत गराए ।
 
मोतिपुरका जनताको उचित व्यवस्थापन र मागलाई सम्वोधन गरी विकास कार्य अगाडी बढाउन सरकारसँग उनको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप