शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाकालीमा भारततर्फ नदीजन्य पदार्थ दोहन तीव्र

शनिबार, २२ फागुन २०७७, ०७ : १२
शनिबार, २२ फागुन २०७७

बैतडी । महाकाली नदीमा ठूला एस्काभेटर चलाएर भारततर्फ बालुवा उत्खनन  भइरहेको छ । बालुवा उत्खननका लागि भारतीय जिल्ला प्रशासनले अनुमति दिएको  छ । 

नेपाल–भारतको  सिमानामा बग्ने महाकाली नदीको भारततर्फको झुलाघाट, कानडी   र गिठीगडा क्षेत्रमा डोजर र एस्काभेटरको प्रयोग गरेर क्षमताभन्दा बढी बालुवा   उत्खनन भइरहेको हो  । 

सडक  निर्माणलगायतको कामका  लागि भारतीय  जिल्ला  प्रशासनलेअनुमति   दिए   पनि क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको भारतीय  सञ्चारकर्मी  सुरेन्द्र  आर्यले बताए  ।    

ठेकेदारले दैनिक सयौँ ट्रक बालुवा निकालेर लैजाँदा भारततर्फका  नदीतटीय  क्षेत्रका  बासिन्दासमेत  दुर्घटनाको   जोखिममा परेको  आर्यले बताए । 

नेपालतर्फ महाकाली नदीबाट बालुवा उत्खननको मापदण्ड बनाएर मेसिन   लगाउन   नपाउने प्रावधान भएपनि भारततर्फ एस्काभेटर  प्रयोग  गर्दा  नदी  तटीय क्षेत्रका  बासिन्दा बाढीको उच्च  जोखिममा  पर्ने  खतरा  रहेको छ ।  

नेपालतर्फ मेसिनको प्रयोग नगरी मानवीय श्रमको प्रयोग गरेर  बालुवा उत्खनन गर्दा पनि प्रशासनले  कडाइ गरेको छ तर भारततर्फ ठूलाठूला मेसिनले बालुवा उत्खनन   भइरहेको स्थानीय जयसिंह भाटले बताए  । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप