बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी विवाहित अभिनेतासँग थियो प्रियंकाको ‘अफेयर्स’

शनिबार, २२ फागुन २०७७, ०९ : १२
शनिबार, २२ फागुन २०७७

एजेन्सी – बलिउडदेखि हलिउडसम्म नै चर्चा पाएकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग विवाह गरिन् । उनले आफूभन्दा करिब १० वर्ष कान्छा युवकसँग विवाह गरेर झनै चर्चा पाइन् । 

उनको निक जोनाससँग पहिलो प्रेम भने होइन । बलिउड आउनुअघि र पछि उनका थुप्रै प्रेम सम्बन्धले चर्चा पाएको छ । 

प्रियंकाको पहिलो प्रेम असीम मर्चेन्टसँग बसेको थियो । उनले बलिउडमा आउनुअघि असीमसँग प्रेम गाँसेकी थिइन् । तर, विस्तारै फिल्ममा चर्चा पाउन थालेपछि उनीहरुको सम्बन्धमा पूर्णविराम लाग्यो । 

असीमसँग सम्बन्ध टुटेकी प्रियंकाको अक्षय कुमारसँग नाम जोडियो । एकसाथ फिल्ममा देखिन थालेपछि उनीहरुको प्रेमको चर्चा निकै चल्यो । उनीहरु निकै नजिक भए । जसको परिणामस्वरुप निकै बोल्ड फोटोशुट समेत गराएका थिए । 

तर, उनीहरुको प्रेमको बीचमा अक्षयकी श्रीमती ट्विङ्कल खन्ना आइन् । उनले प्रियंकाको साथमा फिल्म खेल्न समेत बन्देज लगाइन् । त्यसपछि अक्षयले प्रियंकासँग दुरी कायम गरे । 

त्यसपछि, प्रियंकाको पुनः हरमन बावेजासँग नाम जोडियो । उनीहरुले एकसाथ फिल्म समेत खेले तर फिल्म फ्लप भयो । 

यसका साथै, प्रियंकाको नाम शाहरुख खान, जेरार्ड बटलर र शाहिद कपूरसँग पनि जोडियो । तर, यी अभिनेताहरुसँग उनको अफेयर चलेको हल्ला मात्रै हो वा वास्तवमै सम्बन्धमा रहेका थिए त्यो भने कसैले खुलेर बताएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप