शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राराको मुस्कानमा रमाएको कर्णाली, तस्बिरमा हेर्नुहोस्

शनिबार, २२ फागुन २०७७, ११ : १४
शनिबार, २२ फागुन २०७७

मुगु (रारा) । रारा ताल नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यही राराको मुस्कानमा आफ्ना दुःख पीडालाई भुल्दै कर्णालीवासी रमाएका छन् । सुर्खेतको वीरेन्द्रनगर बांगेसिमलबाट करिब २ सय ९० किलोमिटरको यात्रापछि रारा ताल पुगिन्छ । रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लाको छायाँनाथ रारा गाउँपालिकामा रहेको छ । 

सुर्खेत–जुम्ला कर्णाली राजमार्गको लम्बाइ २ सय ३१ किलोमिटर रहेको छ । सो सडकबाट जुम्ला जिल्लाको सदरमुकाम खलंगा पुगिन्छ । तर, रारा जान भने कालिकोट जिल्लाको नाग्मबाट ९० किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्दछ । सुर्खेतबाट सुरु हुने कर्णाली राजमार्ग दैलेख, कालिकोट, जुम्ला जान्छ । नाग्मबाट दैलेखको सिंजा उपत्यका हुंदै मुगु पुगिन्छ । नेपालगन्जबाट हवाई यात्रा गरेरपनि रारा पुग्न सकिन्छ । 

साँघुरो सडकका कारण कतिपय स्थानका भने एकतर्फी मात्र सवारी चल्न सक्ने भएकाले यात्रा गर्दा होशियार हुनु पर्ने देखिन्छ । 
सडक खुलेपछि कर्णालीको जीवनस्तर क्रमशः सुधार हुँदै गएको स्थानीयहरु बताउँछन् । कमैमात्र खाद्यन्न उत्पादन हुने भएकाले किनेर खान समेत नपाइने अवस्थाको अन्त्य भएको जुम्ला सिंजागाउँपालिका जयहरि शर्माले बताए । 
रारामा पर्यटकहरुको आगमन बढेपछि राजमार्ग आसपासमा होटल तथा पसल खोल्नेहरूको संख्या बढेको छ । स्थानीयतहमा उत्पादन हुने सिमी, जडिबुटी चिया, अन्य जडीबुटीलगायत बिक्री गर्न सहज भएको छ । 
सडकको पहुँच सहज भएको स्थानमा केही सहज भएपछि अन्यत्र भने दुःख खासै नघटेको कालिकोट पिली बजारकी माया शाहीले बताइन् । साँघुरो सडक, विद्युतको राष्ट्रिय प्रशारण लाइन नहुनु, उत्पादनको कमी जस्ता कुराले अझैपनि केही पीडा कायम रहेको आम कर्णालीवासीको भनाई छ ।

तर, पनि सिंजा, खंलगा, रारा कारणले बाह्य तथा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दा पीडा भुलेर भएपनि कर्णालीवासी रमाइ रहेको देख्न सकिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप