बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा विवाद : आयोगले आधिकारिकताबारे कहिले गर्ला निर्णय ?

आइतबार, २३ फागुन २०७७, १० : ३४
आइतबार, २३ फागुन २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले आज छलफल गर्ने भएको छ । सो पार्टीको आधिकारिकता विवाद टुङ्ग्याउन नेकपाको प्रचण्ड–माधव पक्षले पटकपटक आग्रह गरेपनि आयोगले ठोस निर्णय गर्न सकेको छैन । 

शुक्रबार प्रचण्ड–माधव पक्षले पुनः आयोगलाई ५ पेज लामो ध्यानाकर्षण पत्र बुझाउँदै निर्णयका लागि दवाव दिएको थियो । त्यसक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार पदाधिकारीको बैठक बसेर पार्टी आधिकारिकताबारे छलफल गर्ने जानकारी दिएका थिए । 

आयोग स्रोतका अनुसार नेकपा विवाद निरुपणबारे आइतबार छलफल भएपनि टुङ्गो लाग्ने सम्भावना कम रहेको छ । नेकपाको ओली र प्रचण्ड–माधव दुवै पक्षले आफुलाई आधिकारिकता दावी गर्दै नेकपाको मान्यता दिनुपर्ने बताएका छन् । यद्यपी बहुमत केन्द्रीय सदस्य संख्या भने प्रचण्ड माधव पक्षसँग रहँदै आएका छन् । 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा विवाद निरुपणबारे आयोग पदाधिकारी बैठक बसेर छलफल हुने जानकारी दिए । ‘विवाद निरुपणबारे आइतबार पनि छलफल हुन्छ । समय एकिन भैसकेको छैन’, प्रवक्ता श्रेष्ठले रातोपाटीसँग भने, ‘छलफल आजमात्रै हुने होइन, पहिला पनि भइरहेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप