शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'नेकपा' नामको विवादमा फैसला आज

आइतबार, २३ फागुन २०७७, १० : ३७
आइतबार, २३ फागुन २०७७

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार निर्णय सुनाउँदै छ । फागुन १३ मा सर्वोच्च अदालतले फागुन २० मा नेकपा नामको विवादबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर, पूर्व प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार अदालत बिदा भएपछि पेशी सरेको थियो । 

ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो । 

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको अन्तिम सुनुवाई गरेका हुन् । 

आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।  कट्टेलले कोष्ठकभित्रको नेकपाको परिभाषा समेत मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप