बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका चोपडाले न्यूयोर्कमा खोलिन् भारतीय रेष्टुरेन्ट, देखाइन् पहिलो झलक

आइतबार, २३ फागुन २०७७, ११ : ३६
आइतबार, २३ फागुन २०७७

नायिका प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो फिल्मी करियरमा एउटा ठूलो सफलता हासिल गरेकी छिन् । तर फिल्मबाहेक पनि उनले सामाजिक कार्य र लेखनको क्षेत्रमा आफ्नो छुट्टै स्थान स्थापित गरेकी छिन् । अब उनी योभन्दा पनि अघि बढेर न्यूयोर्कमा आफ्नो नयाँ व्यवसाय सुरु गरेकी छिन् । उनले त्यहाँ भारतीय रेष्टुरेन्ट खोलेकी छिन् । नायिकाले सोसल मिडियामा आफ्नो यो रेष्टुरेन्टबाट जानकारी साझा गरेकी छिन् ।

प्रियंका लेख्छिन्, ‘म तपाईंहरु समक्ष सोना पेश गर्न पाउँदा निकै खुसी छु । न्यूयोर्कमा एउटा नयाँ रेष्टुरेन्ट जहाँ मैले भारतीय खाना प्रति आफ्नो प्रेम पस्किएकी छु । भारतीय खानाको स्वाद र फ्लेवर्स सोनामा छ । शेफ हुन् हरी नायक जो निकै प्रभावशाली छन् जसले उत्कृष्ट मेन्यू तयार गरेका छन् । तपाईंलाई मेरो शानदार देशको यात्रामा लिएर जाँदैछु । सोना यो महिनाको अन्त्यमसम्म खोलिनेछ र त्यहाँ तपाईंहरुलाई हेर्न म प्रतीक्षा गर्न सक्दिनँ । यो कोसिस मेरा साथीहरु मनिष गोयल र डेविड रेबिनको नेतृत्व बिना सम्भव हुने थिएन । यो सोचलाई यति स्पष्टतासँग साकार गर्नका लागि हाम्रा डिजाइनर मेलिसा बोवर्स र अन्य समूहलाई धन्यवाद । ’

प्रियंकाले आफ्नो रेष्टुरेन्ट सोनाको झलक पेश गर्दै अन्य दुईवटा तस्बिर पनि सेयर गरेकी छिन् । दोस्रो र तेस्रो तस्बिरमा उनी पूजा गरिरहेको देखिएकी छिन् । उनी पोस्टमा थप्छिन्, ‘दोस्रो र तेस्रो तस्बिर सेप्टेम्बर सन् २०१९ मा लिइएको थियो जब हामीले यो ठाउँमा एउटा सानो पूजा गरेका थियौं ।’

यी बिजनेस लाइन्ससँग पनि जोडिएकी छिन् प्रियंकाः

प्रियंकाको अन्य व्यापारको कुरा गर्ने हो भने फिल्ममा अभिनयबाहेक उनी प्रोडक्सनको काम पनि गर्छिन् । ‘पर्पल पेबल्स पिक्चर्स’ नामबाट प्रियंका चोपडाको प्रोडक्सन हाउस छ । यसमार्फत् वेन्टिलेटर, सर्वन, पाहुना, फायरब्यान्ड, पानी, द स्काई इज पिंक, द ह्वाइट टाइगरजस्ता शानदार फिल्म निर्माण भइसकेका छन् । यसबाहेक प्रियंकाले हालै आफ्नो हेयरकेयर प्रोडक्ट ‘एनोम्याली’ लञ्च गरेकी छिन् । यस्तै केही दिन अघि उनले आफ्नो किताब ‘अनफिनिस्ड’ पनि रिलिज गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप