बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नझुक्किनुस् – यो पेन्सिलले कोरिएको चित्रमात्र हो

आइतबार, २३ फागुन २०७७, ११ : ४२
आइतबार, २३ फागुन २०७७

पत्याउन गाह्रो छ, तर तपाई चित्रमा देखिरहनु भएको आलु चिप्सको निलो प्याकेट वास्तविक होइन, यो एउटा चित्रकला मात्रै हो ।
ट्वीटर प्रयोगकर्ता सिनो यस साता कलर पेन्सिलले कोरेका यस्तै चित्रहरूका कारण भाइरल बनेका छन् । सिनोको चित्रकला यति पूर्ण छ कि उनले कोरेका चित्र हेरेर मानिसहरु झुक्किन्छन् । उनले आफुले पूर्ण चित्र तयार गर्नु अघिको आधा कोरिएको चित्रलाई पनि ट्वीटरमार्फत शेयर गरेका छन्, यी चित्र केवल कलर ड्रइङ्ग्स मात्रै हुन् भनेर अन्य प्रयोगकर्ताहरूलाई आश्वस्त गर्नका लागि उनले यस्तो गरेका हुन् ।

 तर पेन्सिलबाट यस्तो चित्र बनाउन सहज भने छैन । जे टाउनसँगको कुराकानीमा १९ वर्षीय सिनोले आलु चिप्सको निलो ब्याग बनाउनका लागि झन्डै ५० घण्टा खर्चिएको जानकारी दिएका छन् । यसमध्ये अधिकांश समय त लाइट रिफ्लेक्सन्समै खर्च भयो ।

सिनोको  यो ट्वीटर एकाउन्ट फलो गरेर तपाईले यस्तै अन्य चित्र हेर्न सक्नुहुन्छ । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by 篠原 (@shino__0215)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप