बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार पेन्सन कोषका लागि प्रदेश सरकारले ५ लाख सहयोग गर्ने

आइतबार, २३ फागुन २०७७, ११ : ४९
आइतबार, २३ फागुन २०७७

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले स्थापना गरेको पेन्सन कोषमा बागमती प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार हेटौँडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै पेन्सन कोषका लागि प्रदेश सरकारले ५ लाख उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले चाँडै महासंघ मकवानपुर शाखालाई सो रकम उपलब्ध गराउने बचन दिएका छन् ।

यसअघि सो कोष स्थापनाको लागि हेटौँडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

२० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिने उद्देश्यले कोष खडा गरिएको महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईँले जानकारी दिए ।

पेन्सन सम्बन्धी कार्यविधी, २०७७ पास भइसकेको छ । उक्त कार्यविधिमा ज्येष्ठ पत्रकारलाई मासिक ४ हजारको दरले पेन्सन दिने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप