शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धुम्रपानका कारण कालो भएको ओठका लागि घरेलु उपायहरु

आइतबार, २३ फागुन २०७७, ११ : ५९
आइतबार, २३ फागुन २०७७

चुरोट, बिँडी जस्ता पदार्थहरु पिउनु स्वास्थ्यका लागि हानिकारक छ । यसको लतले शरीरमा विभिन्न अंगमा गम्भीर असर पनि पुर्याउँछ । धुम्रपानको लतले ओठ तथा दाँतहरुको रंग पनि परिवर्तन गराउँछ । 

चुकन्दर
चुकन्दर खाँदा शरीरमा रगतको मात्रा बढ्छ । यसले छालालाई पनि चम्किलो बनाउँछ । साथै, ओठलाई पनि गुलाबी बनाउँछ । धुम्रपानको कारण ओठ कालो भएमा चुन्दरको टुक्रा लिने र त्यसमा पेट्रोलियम जेली लगाएर ओठमा लगाउने गर्दा ओठ गुलाबी बन्दै जान्छ । 

बेसार र दुध
थोरै दुधमा बेसार मिसाएर ओठमा लगाउने र केही समय छोडिदिने । र त्यसपछि चिसो पानीले पखाल्ने गर्दा ओठ सफा हुँदै जान्छ । 

कागती
शरीरको सफाईका लागि कागती अत्यन्तै उपयोगी मानिन्छ । यसले कपालमा चाँया आउने समस्या पनि कम गर्छ । भने छालालाई सेतो पनि बनाउँछ । कागतीको सानो टुक्रा लिएर ओठमा लगाउने गर्दा ओठ पनि सफा हुन्छ । 

एक चम्चा चिनीमा दुई थोपा कागतीको रस मिसाउने र ओठमा लगाउने गर्दा पनि ओठको समस्या समाधान हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप