काँग्रेसले साथ नदिँदा प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अलमलमा !
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अघि बढाउने भनेको अविश्वास प्रस्ताव प्रभावित बनेको छ । यसअघि प्रचण्ड–माधव पक्षले आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अघिसम्म प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने जनाएको थियो ।
आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गर्ने संकेत नदेखाएपछि प्रचण्ड–माधव पक्षका नेताहरुले आन्तरिक छलफल गरेका थिए । गुरुङको कार्यकक्षमा भएको छलफलपछि प्रचण्ड माधव पक्षका नेताहरु सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगेर कुराकानी गरेका थिए ।
सिंहदरबारस्थित प्रमुख सचेतक गुरुङको कार्यकक्षमा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच भएको छलफलमा तत्काल अविश्वास प्रस्ताव अघि नबढाउने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताए ।
उनका अनुसार नेपाली काँग्रेसले अविश्वास प्रस्तावबारे क्लियर कुरा नगरेकाले तत्काललाई सो प्रस्ताव अघि नबढाउने निष्कर्षमा नेतृत्व पुगेको हो ।
‘अविश्वास प्रस्ताव अघि बढाउन काँग्रेसको साथ आवश्यक छ । तर, उसले अविश्वास प्रस्तावको पक्षमा साथ दिने वा नदिने कुनै निर्णय गर्न सकेको छैन जसले गर्दा पुर्व योजना तत्काल अघि बढाउन असमर्थ भएको हो’ ती नेताले भने, ‘अव केही दिन पर्ख र हेरकै स्थिति हुने भो ।’
काँग्रेसले नेकपा कानुनी रुपमा विभाजित भएमात्रै आफ्नो धारणा क्लियर गनुपर्ने शुक्रबार बसेको दलको बैठकमा सांसदहरुले दवाव दिएका थिए । ‘निर्वाचन आयोगले नेकपाबारे कुनै निर्णय गरिसकेको अवस्था छैन । यस्तो अवस्थामा प्रचण्ड–माधव वा ओली कसैलाई सहयोग गर्ने-नगर्ने भन्नेमा काँग्रेसलाई हतार छैन’, काँग्रेस नेता डा. मिनेन्द्र रिजालको भनाइ छ ।
यसअघि नेपाली काँग्रेस संसदीय दलको बैठकमा नेकपाले अविश्वास प्रस्ताव लैजाँदा काँग्रेसका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम राख्नेबारे संवैधानिक खोजी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी