प्रचण्ड–माधव पक्ष संसद सचिवालयका महासचिवसँगको भेटघाटमा
आइतबार, २३ फागुन २०७७, ०६ : ००
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको शीर्ष नेतृत्वले संसद सचिवालयका महासचिव भरतराज पौडेलसँग भेटघाट गरेको छ ।
भेटघाटमा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहभागी रहेका छन् ।
यसअघि नेताहरूले संसदीय दलको कार्यालयमा केहीबेर छ्लफल गरेका थिए । अहिले भेटघाट जारी छ ।