मिथुन चक्रवर्ती भाजपा प्रवेश
आइतबार, २३ फागुन २०७७, १४ : १२
भारतका चर्चित फिल्म अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा समावेश भएका छन् । उनले कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा प्रधानमन्त्री मोदीको र्यालीको मञ्चमा बिजेपीको झण्डा लहराए । अब हिंदी र बांग्ला फिल्मका अभिनेता मिथुन चक्रवर्ती भाजपाका लागि चुनाव प्रचार गर्नेछन् ।
बामपन्थमा मञ्चमा देखिने मिथुन अब बिजेपीमा देखिनुलाई सबैभन्दा ठूलो यूटर्नको रुपमा हेरिएको छ ।
स्मरण रहोस्, मिथुनको राजनीतिसँगको सम्बन्ध कुनै नयाँ होइन । ममता बनर्जीले उनलाई टीएमसी कोटाबाट राज्यसभा पठाइन् तर मिथुन चाँडै नै राजनीतिको सीमाबाट बाहिर निस्किए । उनले संसदको सदस्यता छोडिदिए । तर अब उनी एकपटक पुनः राजनीतिमा प्रवेश गर्ने तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान