शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

९ सय देखि १० हजार रुपैयाँ मूल्य सम्ममा फिचर फोन बजारमा

आइतबार, २३ फागुन २०७७, १४ : १८
आइतबार, २३ फागुन २०७७

नेपाली बजारमा आईप्रोका सस्तो मूल्यका फिचर फोनहरु भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन । 

पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्ने र  विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने जनाएको छ । आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् । 

नेपाली बजारमा आईप्रोका फिचर फोनहरु ९ सय देखि १० हजार रुपैयाँ मूल्य सम्ममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  नेपालभरका विभिन्न स्थानमा डिलर र सर्भिस सेन्टर उपलब्ध भएकाले यसका लागि बिक्री पछिको सुविधा समेत प्राप्त गर्न सहज रहेको कम्पनीको भनाइ छ । 

आईप्रो एक चाइनिज मोबाइल फोन उत्पादनकर्ता हो, जसको आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट प्रविधि छ । आईप्रोले आफ्ना मोबाइल फोनहरु भारत, मलेशिया, इण्डोनेशिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा १०० भन्दा बढी देशहरुमा बिक्री गरिरहेको बताइएको छ । कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

आगामी दिनमा आईप्रोका धेरै मोडलहरु समेत नेपाल ल्याउने र चाँडै नै स्मार्टफोन समेत ल्याउने तयारी गरेको छ । भीएस ग्रुपले आफ्नै मोबाइल ब्रान्ड क्यान्भास नेपाल समेत उपलब्ध गराइरहेको छ । सो ग्रुपले क्यान्भास मोबाइल नेपाल भनेर आफ्नो पहिचान गराउने गरेको छ । सन् २०१५ देखि भीएस ग्रुप अफ कम्पनिजले विभिन्न सेवा प्रदान गरिरहेको छ । हाल आईप्रो मोबाइल ब्रान्ड वाहेक ग्रेट एसिया ट्याब्लेट समेत यही ग्रुपले बिक्री–वितरण गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप