
संसद सचिवालयले प्रचण्ड–नेपाल पक्षको निर्णय दर्ता गर्न नमानेपछि चर्काचर्की

काठमाडौं । संघीय संसद सचिवालयले प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय दर्ता गर्न नमानेपछि चर्काचर्की परेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आइतबार सो पक्षको हिजो बसेको दलको बैठकका निर्णयहरु सचिवालयले दर्ता नगरेपछि महासचिव डा. भरतराज गौतमको कार्यकक्षमा पुगेका थिए ।
तर गौतम कानुनी प्रक्रिया पुर्‍याएरमात्रै दर्ता प्रक्रियामा लगिने भन्दै पन्छिएका थिए । त्यसपछि प्रचण्ड–माधव पक्षका सांसदहरुले दर्ता गर्न नमिल्ने कारण लेखेर दिन माग गरेका थिए । तर, गौतमले कारण दिन समेत नसकेपछि दुई पक्षबीच चर्काचर्की परेको संसद सचिवालय स्रोतले जनाएको छ ।
निर्णय दर्ता नभएसम्म बसिरहने अडानमा सांसदहरु महासचिव गौतमको कार्यकक्षमा बसिरहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ