शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड-नेपाल पक्षको निवेदन दर्ता गर्न संसद सचिवालयका महासचिवलाई दवाव

आइतबार, २३ फागुन २०७७, १४ : ५६
आइतबार, २३ फागुन २०७७

नेकपा ओली पक्षले विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेको निर्णय तुरुन्त दर्ता गर्ने तर आफूहरुको दर्ता नगर्ने भन्दै प्रचण्ड-नेपाल पक्षका सांसदहरुले  दर्ता गर्न दवाब दिइरहेका छन् ।

 उनीहरुले आफूहरुको निर्णय दर्ता नगरी महासचिवलाई बाहिर निस्कन नदिने बताइ रहेका छन ।  सम्पूर्ण सांसदहरु महासचिवको कार्यालय बाहिर छन् । तर महासचिवले कानुनी परामर्श बिना दर्ता गर्न नसकिने भनेर अडान लिइरहेका छन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आइतबार सो पक्षको हिजो बसेको दलको बैठकका निर्णयहरु सचिवालयले दर्ता नगरेपछि महासचिव डा. भरतराज गौतमको कार्यकक्षमा पुगेका थिए । 

प्रचण्ड माधव समूहले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप