शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नरिवल खाँदा बच्चा गोरो हुन्छ, गर्भावस्थामा यौन सम्बन्ध स्थापित गर्दा बच्चालाई असर पर्छ ? के भन्छन् त विज्ञ ?

आइतबार, २३ फागुन २०७७, १७ : ०८
आइतबार, २३ फागुन २०७७

गर्भवती हुने बित्तिकै बच्चा गोरो बनाउनदेखि लिएर धेरै खानेजस्ता सल्लाह महिलाले पाउने गर्छन् । खानपिन देखि, उठ्ने–बस्नेसम्म, हरेकले आफ्नो जानकारी र अनुभव अनुसार सल्लाह दिन्छन् । तर हरेक सल्लाह वा गर्भावस्थासम्बन्धि कुरा सही हुन्छ भन्ने जरुरी छैन । भारतकी अपोलो अस्पतालकी वरिष्ठ महिलारोग विशेषज्ञले गर्भावस्थासँग सम्बन्धित १० साधारण मिथ वा भ्रम र यसको वास्तविकताबारे जानकारी दिएकी छिन् ।

मिथ १ः भित्तामा बच्चाको सुन्दर तस्बिर टाँस्दा बच्चाको अनुहार उसको जस्तै देखिन्छ ?

वास्तविकताः यो साँचो होइन । कुनै पनि बच्चाको अनुहार उसको जेनेटिक गुण अर्थात् आमा–बुवाको जिन्समा निर्भर हुन्छ । भित्तामा सुन्दर बच्चाको तस्बिर राख्दा बच्चा त्यस्तै सुन्दर हुन्छ भन्ने छैन । यद्यपि, यस्ता तस्बिर हेर्दा गर्भवती महिलाले सकारात्मक महसुस गर्छन् जसले उनीहरुको स्वास्थ्यमा राम्रो असर पार्छ ।

मिथ २ः गर्भावस्थामा दोब्बर खाना खानुपर्छ वा जुम्ल्याहा बच्चा छन् भने धेरै खानुपर्छ ?

वास्तविकताः गर्भावस्थामा महिलाले दुईजनालाई पुग्ने खाना खानुपर्छ भन्ने सुनिन्छ । गर्भमा जुम्ल्याहा बच्चा छन् भने तीन जनालाई पुग्ने गरी खानुपर्छ पनि भनिन्छ तर यो कुनै पनि हालतमा साँचो होइन । विशेषज्ञलाई विश्वास गर्ने हो भने गर्भावस्थामा महिलालाई सामान्यदेखि ४ सयदेखि ६ सय बढी क्यालोरी आवश्यक पर्छ । यस्तोमा धेरै खानुको साटो सन्तुलित भोजन गर्नुपर्छ । यतिबेला डाइटमा प्रोटिन, क्याल्सियम, आइरन र पौष्टिक आहार लिनुपर्छ ।

मिथ ३ः गाइको घ्यू खाँदा सुत्केरी हुन सहज हुन्छ र व्यथा पनि कम लाग्छ ?

गाइको घ्यू खाँदा सुत्केरी हुन सहज हुनुका साथै व्यथा पनि कम लाग्छ भन्ने कुरा पूर्ण रुपमा भ्रम हो । गाइको घ्यूको बच्चाको जन्मसँग कुनै सम्बन्ध छैन । बच्चा कति सहज रुपमा जन्मिन्छ यो बच्चाको तौल र आमाको कोखमा निर्भर हुन्छ । यतिबेला आफ्नो खान्कीमा सामान्य मात्रामा गाइको घ्यू भने खानुपर्छ, यसले पोषण भने दिन्छ ।

मिथ ४ः केसर वा नरिवल खाँदा गोरो हुन्छ बच्चा ?

वास्तविकताः विशेषज्ञका अनुसार बच्चाको छालाको रङ आमाबुवाको जिन्समा मात्रै निर्भर हुन्छ । केसर, नरिवल वा सेतो खानेकुरा खाँदा बच्चाको छालाको रङमा कुनै असर पर्दैन । बच्चाको विकास यदि सही तरिकाले भएको छैन भने यसको असर उनीहरुको छालामा पर्नेछ तर कुनै पनि सेतो खानेकुराको सम्बन्ध बच्चाको छालाको रङसँग हुँदैन ।

मिथ ५ः आमाको अनुहार र गर्भको आकारबाट बच्चाको लिङ्ग थाहा हुन्छ ?

वास्तविकताः तपाईंले थुप्रै पटक सुन्नुभएको होला कि गर्भावस्थाका बेला यदि महिलाको अनुहार चम्किलो छ भने उनीहरुले छोरी जन्माउँछन् । यो पनि सुन्नु भएको होला कि पेट तलतिर छ भने छोरा र माथितिर छ भने छोरी हुनेछ । यद्यपि, अनुहारको चमक वा पेटको आकारले बच्चाको लिङ्गसँग कुनै सम्बन्ध राख्दैन । गर्भावस्थामा खानपिन र हर्मोनमा देखिने परिवर्तनका कारण छाला र अनुहारमा परिवर्तन भने देख्न सकिन्छ ।

मिथ ६ः गर्भावस्थामा व्यायाम गर्दा बच्चालाई हानी हुन्छ ?

वास्तविकताः गर्भावस्थामा महिलालाई धेरैभन्दा धेरै आराम गर्न सल्लाह दिइन्छ । उनीहरुलाई यो पनि भनिन्छ कि यतिबेला व्यायाम गर्दा बच्चालाई हानी हुनेछ तर यो साँचो होइन । व्यायाम गर्दा रक्तसञ्चार राम्रो हुन्छ, यसले बच्चालाई सकारात्मक असर पुर्याउँछ । त्यसैले गर्भावस्थामा डाक्टरले पनि हल्काफुल्का व्यायाम गर्ने, हिँड्ने र योगा आदि गर्ने सल्लाह दिइन्छ । यद्यपि, गर्भावस्थामा कुन व्यायाम सुरक्षित हो र कुन असुरक्षित छ भनेर आफ्नो डाक्टरसँग सल्लाह लिनुहोस् ।

मिथ ७ः कपाल रङ्ग्याउँदा र तातो पानीले नुहाउँदा बच्चालाई हानी हुनसक्छ ?

वास्तविकताः विशेषज्ञका अनुसार गर्भावस्थामा कपाल रङ्ग्याउँदा बच्चालाई हानी पुग्ने वा गर्भपतनको खतरा हुने कुनै प्रमाण भेटिएको छैन । यसका साथै गर्भावस्थामा तातो पानीले नुहाउन कुनै समस्या छैन तर धेरै तातो पानी भने प्रयोग गर्नु हुँदैन किनभने यसले डिहाइड्रेशन भने हुनसक्छ ।

मिथ ८ः गर्भावस्थामा यौन सम्बन्ध स्थापित गर्दा व्यथा लाग्छ वा बच्चालाई चोट पुग्छ ?

वास्तविकताः गर्भावस्थामा यौन सम्बन्ध स्थापित गर्नु पूर्ण रुपमा सुरक्षित छ, यदि डाक्टरले अस्विकार गरेका छैनन् भने । यदि कुनै समस्या छैन भने धेरैजसो महिलाले गर्भावस्थामा यौनसम्बन्ध स्थापित गर्न सक्छन् । तर यतिबेला थोरै यद्यपि, यस्ता केही कारण छन् जसका कारण गर्भावस्थामा यौनसम्बन्ध स्थापित गर्न सुरक्षित मानिँदैन । यसमा यौनाङ्गबाट रगत बग्नु, नाल निकै कम हुनु, पहिला गर्भपतन हुनु वा समय अगावै बच्चा जन्माउनु अघि समावेश छन् ।

मिथ ९ः गर्भावस्थामा महिलाले कफी पिउनु हुँदैन ?

वास्तविकताः धेरैजसो मानिसहरुले गर्भावस्थामा बच्चालाई हानी हुन्छ भनेर महिलाले कफी पिउनु हुँदैन भनिन्छ । यद्यपि, यो पूर्ण रुपमा साँचो होइन । यदि कम मात्रामा कफी पिइन्छ भने कुनै हानी हुँदैन । दिनमा तीन कपभन्दा बढी कफी पिउनु हुँदैन ।

मिथ १०ः बच्चाको धेरै कपाल भएकोले गर्भावस्थामा महिलाको छाती पोल्छ ?

वास्तविकताः धेरैजसो गर्भवती महिला छाती पोल्ने समस्याबाट ग्रस्त हुन्छन् तर यसको अर्थ यो होइन कि बच्चाको टाउकोमा धेरै कपाल छ । वास्तवमा गर्भावस्थामा पाठेघरले पेटमा धेरै ठाउँ ओगट्छ जसका कारण खाना राम्रोसँग चल्न पाउँदैन । यसैकारण छाती पोल्ने गर्छ ।

मिथ ९ः गर्भावस्थामा महिलले कफी पिउनु हुँदैन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप