शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषाको औरही गाउँपालिकामा ज्येष्ठ नागरिकद्वारा तालाबन्दी

आइतबार, २३ फागुन २०७७, २३ : १२
आइतबार, २३ फागुन २०७७

जनकपुर । धनुषाको औरही गाउँपालिकामा ज्येष्ठ नागरिकहरुले तालाबन्दी गरेका छन् । ज्येष्ठ नागरिकहरूले ८ महिनादेखि समाजिक भत्ता वापतको रकम माग गर्दै  गाउँपालिकामा तालाबन्दी गरेका हुन् । उनीहरुले साउन महिनादेखि हालसम्मको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेको स्थानीय राजेन्द्र मेहताले जानकारी दिए ।

गाउँपालिकाको कार्यालयमा थुप्रै पटक अध्यक्षदेखि कर्मचारीहरुलाई समेत गुनासो गर्दा वास्ता नगरेपछि तालाबन्दी गर्नुपरेको ज्येष्ठ नागरिक जयकृष्ण साहले बताए । उनले खाता सञ्चालनमा समस्या रहेको भन्दै अध्यक्ष ब्रह्मदेव यादव र कार्यालय प्रमुखले फिर्ता पठाउने गरेको गुनासो गरे ।

गाउँपालिकामा रहेका १ सय ५० जना ज्येष्ठ नागरिकले ८ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादवले कर्मचारीको समस्याले गर्दा ज्येष्ठ नागरिकको भत्ता मात्रै नभई दशैँ यतादेखि सम्पूर्ण आर्थिक कारोबार नै ठप्प भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप