शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेर्नुहोस् तपाईंको आजको राशिफल

सोमबार, २४ फागुन २०७७, ०६ : ०१
सोमबार, २४ फागुन २०७७

वि.सं. २०७७ साल फागुन २४ गते । सोमबार । इस्वी सन् २०२१ मार्च ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–दशमी, २८ घडी २२ पला,  बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाषाढा, ४० घडी २७ पला, बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त उत्तराषाढा । योग– व्यातिपात, २३ घडी ५४ पला, दिउँसो ०३ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– वणिज, बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त भद्रा, बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी २० पला । नारी दिवस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । नोकरीमा बढुवा हुने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुसी रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरमा पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) नसोचेका ठाउँमा रुपैयाँ पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एक अर्कालाई अविश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउन दिनभरजसो समय दिनुपर्नेछ ।  स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेको छ । तरपनि बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) व्यापारमा लगानी गरी मनग्य धन तथा सम्पत्ति आर्जन गर्न सकिने समय रहेको छ । साझेदारहरुबीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी गर्ने अवसर जुर्नेछ । पढाइलेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवनसाथीको साथ रहने हुनाले काम गर्न ऊर्जा थपिनेछ । भौतिक तथा विलाशी वस्तुहरु प्राप्तिको गतिलो योग रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) न्यायालयबाट हुने व्यावसायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनाले खुसीले उचाइ नाघ्नेछ । पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा वृद्धि हुनेछ भने थप ठाउँमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आँट तथा पराक्रम बढेर जानेछ । पुराना समस्या सल्ट्याउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामीप्यता बढेर जाने तथा उपाहार प्राप्तिको गतिलो योग रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) पढाइलेखाइमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घरपरिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । कृषि तथा सहकारी व्यावसायबाट मनग्य लाभ लिन सकिने योग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दूरीको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । विद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) दमदार बोलीको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्य आम्दानी गर्न सकिने समय रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुशी हुनेछन् । प्रेममा आत्मीयता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथीभाइ तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्य भन लाभ हुने योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाँती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । लामो दूरीको विदेश यात्राको तय हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोतको परिचालनमार्फत मनग्य आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ भने नयाँ प्रकृतिको काम गर्ने वातावरण बन्नेछ । पढाइलेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्य लाभ लिन सकिनेछ । सरकारी तथा प्रशासनिक कामहरु समयमा सम्पादन हुँदा मन प्रशन्न हुनेछ ।

तपाईं दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप