बेलायतमा कोरोना संकरामितको संख्या घट्यो
लन्डन । बेलायतमा दैनिक कोरोना संक्रमितको संख्या गत वर्ष सेप्टेम्बर यताकै सबैभन्दा कम भएको सरकारी तथ्यांकले देखाएको छ । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५,१७७ जना नयां संक्रमित थपिएका छन् ।
विगतका केहि दिनहरुमा दैनिक संक्रमितको संख्यामा निरन्तर कमी आएसंगै आइतबारको आज सार्वजनिक तथ्याँक गत वर्ष सेप्टेम्बर २८ पछिकै कम भएको अधिकारीहरुले बताएका छन् ।
सेप्टेम्बर २८ तारिखका दिन ४,०४४ नयां संक्रमितको पुष्टि भएको थियो । गत हप्ताको तुलनामा कोरोना भाइरस संक्रमण दर ३१ प्रतिशतले घटेको समाचार माध्यमले जनाएको छ ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा ८२ जनाको मृत्यु भएको छ । मृतक संख्या पनि केहि महिनायाताकिया कम हो । यससंगै मृतक संख्या एकलाख २४ हजार ५ सय १ पुगेको छ ।
बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या हाल १० हजार ८९८ छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ५४२ रहेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण बेलायतका अस्पतालमा ४ लाख ४६ हजार १०२ जना भर्ना भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
दुई करोड ३३ लाख बढी खोप वितरण
आइतबारसम्मको तथ्याँक अनुसार बेलायतमा कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज गरि दुई करोड ३३ लाख भन्दा बढी खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।
कोरोनाविरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड २२ लाख १३ हजार ११२ जनाले पहिलो डोज लिएका छन् । यसैगरी ११ लाख २२ हजार ४०२ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते