शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थोत्रा टायर र ट्युबको पनि अभावः एक इन्धन उद्योग बन्द, अर्को पनि सङ्कटमा

सोमबार, २४ फागुन २०७७, ०७ : ०२
सोमबार, २४ फागुन २०७७

फालिएका थोत्रा टायर  तथा  ट्युबको  भारत  तस्करी  हुँदा फर्नेस आयल उत्पादन गर्ने उद्योग कच्चा पदार्थको अभावमा सङ्कटमा परेका छन् ।

रुपन्देहीमा रहेका   दुईवटा   उद्योगमध्ये एउटा  पूर्ण  रूपमा  बन्द  भएको  छ  भने अर्को बन्द हुने अवस्थामा पुगेको छ । जिल्लाको  करवानीमा  रहेको  स्पिड इनर्जी  इन्डस्ट्रिज  प्रालि  कच्चा  पदार्थको अभावले बन्द हुने अवस्थामा पुगेको हो ।

सिक्टहनमा  रहेको  बाबा  इनर्जी  उद्योग भने गत फागुनदेखि बन्द छ । “भारत  तस्करी  नहुने  हो  भने  यहीँ उपलब्ध  हुने  थोत्रा  टायरले  उद्योगका लागि  आवश्यक  कच्चा  पदार्थको  माग पूरा  गर्छ ।

तरकरी  नियन्त्रण  हुन  नसक्दा स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको छ,” स्पिड इनर्जी उद्योगका प्रबन्ध सञ्चालक अजयमान श्रेष्ठले भने । २०७२ सालदेखि सञ्चालनमा आएको उद्योगको क्षमता दैनिक १० हजार लिटर  तेल  उत्पादन  गर्ने  रहे  पनि  अहिले भने  चार  हजार  लिटरको  हाराहारीमा मात्रै  उत्पादन  भइरहेको  उद्योगी  श्रेष्ठले बताए ।

यो  उद्योगले  काम  नलाग्ने टायर,  ट्युबजस्ता   रबरलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी पायरोलाइसिस प्रक्रियाद्वारा  विभिन्न  उद्योगले  इन्धनका रूपमा  प्रयोग  गर्ने  फर्नेस  आयल उत्पादन गर्ने गर्छ । त्यस्तै कोइलाको प्रतिस्थापनका रूपमा   प्रयोग हुने कार्बन र स्टिल वायरजस्ता औद्योगिक वस्तु उद्योगबाट उत्पादन हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप