शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्लासिकटेकको १०१औं आउटलेट नेपालगंजमा स्थापना

सोमबार, २४ फागुन २०७७, ०७ : ४८
सोमबार, २४ फागुन २०७७

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेक प्रालिले आफ्नो १०१औं आउटलेट लुम्बिनी प्रदेशको प्रमुख बजार नेपालगन्जमा स्थापना गरेको छ। कम्पनीले लुम्बिनी प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

क्लासिकटेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्त रुपमा नेपालगंज आउटलेट उद्घाटन गरेका थिए । आउटलेटमा बिल्लिङ्, कस्टमरसपोर्ट, फाईबर स्टाफ र मार्केटिंग गरेर ४५जना स्टाफ राखिएको छ।

नेपालगन्जको पुष्पलाल चोकबाट ३०० मिटर उत्तरमा संचालनमा ल्याएको नयाँ आउटलेटबाट कम्पनीले नेपालगन्जका हरेक क्षेत्रमा आफ्नो सेवा बिस्तार गर्ने योजना लिएको छ । आउटलेट उद्घाटन गर्दै प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनयकुमार अधिकारीले नयाँ शाखा सञ्चालनमा आएसँगै नेपालगञ्जका ग्राहकहरुलाई छिटोछरितो सेवा उपलब्ध गराउने बताए।

‘कम्पनीले धमाकेदारअफर अन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ । जसका साथमा १५० टिभी च्यानलहरू र युट्यूबसमेत हेर्न सकिने सुबिधा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप