शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ्ग साक्षरतासँगै प्रभु बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

सोमबार, २४ फागुन २०७७, १० : ५५
सोमबार, २४ फागुन २०७७

प्रभु बैंकले आइतबार सिन्धुपाल्चोकको तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यमिक र बतासे माध्यमिक विद्यालयमा अध्ययनरत  ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमणका लागि आएका उनीहरुलाई सो क्रममा बैंकिङ्ग साक्षरतासँगै शैक्षिक सामग्री समेत प्रदान गरिएको हो । 

स्थलगत अवलोकनको समापन समारोहमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंक र बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यहरुको बारेमा विद्यार्थीहरुले बुझ्ने गरी प्रकाश पारेका थिए । सो क्रममा  बैंकका ब्राण्ड एम्बेस्डर एवं चर्चित गायक प्रकाश सपुतको समेत उपस्थिति रहेको थियो । 

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप