शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाले पुर्नकर्जा लिन पाउने, ब्याजदर ३ प्रतिशत

सोमबार, २४ फागुन २०७७, ११ : ०५
सोमबार, २४ फागुन २०७७

१० मेगावाट भन्दा कम  क्षमताको जलविद्युत आयोजनाहरुले पनि पुनर्कर्जा लिन पाउने व्यवस्था कार्यान्वयनमा जाने बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिमा पहिलो संशोधन गर्दै कार्यान्वयनको बाटो खुलाएको हो । 

केन्द्रीय बैंकले २०७७ साउनमा जारी गरेको ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ मा पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षामा १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाहरुलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने उल्लेख थियो । सोहि अनुसार केन्द्रिय बैंकले कार्यविधिमा संशोधन गरेको हो ।

विशेष पुनकर्जाका लागि आवेदन दिदा १० मेगावाट भन्दा कम क्षमताको जलविद्युतको हकमा पुर्नकर्जा आवश्यकताको सम्बन्धमा बैंक तथा वित्तिय संस्थाको सिफारिस पत्र  आवाश्यकता पर्दछ । 

पुर्नकर्जालाई तीन प्रकारमा बर्गीकरण गरी सोही अनुसारको ब्याजदर राष्ट्र बैंकले निर्धारण गरेको छ । लघु घरेलु तथा साना उद्यम पुर्नकर्जाका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थासँग २ प्रतिशत ब्याजदर लिन्छ भने बैंक तथा वित्तिय संस्थाले ग्राहकसँग ५ प्रतिशत ब्याजदर लिन पाउने व्यवस्था गरिएको छ । 

यस्तै विशेष पुर्नकर्जाका लािग राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थासँग १ प्रतिशत ब्याजदर लिन्छ भने उनीहरुले ग्राहकसँग ३ प्रतिशत ब्याजदर लिन्छन् । साधारण पुर्नकर्जाको हकमा भने राष्ट्र बैंकले ३ प्रतिशत र बैंकहरुले ग्राहकसँग ५ प्रतिशत ब्याजदर लिन पाउँछन् । 

यहाँ १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाले विशेष पुर्नकर्जा पाउँने भएकाले ग्राहकलाई ३ प्रतिशत ब्याजदर पर्न जान्छ । 

केन्द्रिय बैंकले ऋणीको माग, आवश्यकता र औचित्यको आधारमा पुनर्कर्जाका सीमा हेरफेर गर्न सक्ने व्यवस्था समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप