शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संघीय शिक्षा ऐन ल्याउने तयारी

सोमबार, २४ फागुन २०७७, १४ : १५
सोमबार, २४ फागुन २०७७

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् ।  २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै उनले सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताए । 

 उनले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए । 
राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप