स्थायी समिति बैठकअघि माधव समूहको छुट्टै छलफल
सोमबार, २४ फागुन २०७७, १५ : ११
काठमाडौं । सर्वोच्च अदालतको फैसलाका सम्बन्ध माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो ।
माधव समूहका अधिकांश नेताहरुको सहभागी रहेको सो बैठकमा सर्वोच्च अदालतको फैसलापछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भैरहेको बुझिएको छ । अहिले केहीबेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बस्दैछ ।