सामसङले नेपाल ल्यायो ग्यालेक्सी ए१२
स्मार्टफोन ब्राण्ड सामसङले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए१२ नेपाली बजारमा ल्याएको छ । ४८ मेगापिक्सेल क्वाड क्यामेरा, ६.५ इन्चको एचडी इन्फिनिटी डिस्प्ले, ५ हजार एम्पियर ब्याट्रीलगायतका विशेषता फोनमा रहेका छन् ।
‘हामी सामसङमा निरन्तर नयाँ आविष्कारहरू र मूल्य बीचको अन्तरलाई कम गर्न लागि रहेका छौं । यसै कुरालाई मध्यनजर गर्दै सुलभ मूल्यमा नेपाली ग्राहकहरुलाई स्मार्टफोन मार्फत दैनिक जीवनयापनलाई अझै सहज बनाउन लागि परेका छौं । हामीले नयाँ स्मार्टफोन प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी भएका छौं । सुलभ मूल्यमा ग्यालेक्सी ए सिरिजको लिगेसीलाई अगाडि बढाइएको छ’, सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताए ।
कालो, नीलो तथा रातो रंगहरुमा उपलब्ध फोनको मूल्य ४जीबी र्याम र ६४ जीबीको मूल्य १८,९९९ तथा ४ जीबी र्याम र १२८ जिबीको मूल्य १९,९९९ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर