शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जान्ह्वी कपुरसँग सेल्फी लिन चाहन्थे प्रशंसक, म्यानेजरले खोसिदिए फोन

सोमबार, २४ फागुन २०७७, १६ : ११
सोमबार, २४ फागुन २०७७

बलिउड अभिनेत्री जान्ह्वी कपुरले हालै आफ्नो जन्मदिन मनाएकी छिन् । अभिनेत्री आफ्नो फिल्म रुहीको विषयमा हाल चर्चामा छिन् । आजकाल उनी आफ्नो फिल्मको प्रोमोशनमा व्यस्त छिन् । जान्ह्वीले आफ्नो जन्मदिन शहरभन्दा बाहिर गएर मनाएकी थिइन् । उनलाई घर फर्कने बेला एयरपोर्टमा देखिएकी थिइन् । जान्ह्वीको फ्यान फलोविङ राम्रै छ । उनीसँग फोन खिच्न धेरै मानिसहरु लालायित हुन्छन् । हालै सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा जान्ह्वीका म्यानेजर चिच्याइरहेको सुन्न सकिन्छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Jasus Here (@jasus007)

रिसाएको देखिए जान्ह्वीका म्यानेजरः

सोसल मिडियामा साझा गरिएको भिडियोमा देखिए अनुसार जान्ह्वी एयरपोर्टबाट बाहिर निस्कने बेला उनका प्रशंसकले उनीसँग तस्बिर खिचिरहेको देखिएका छन् । तीमध्ये एक प्रशंसक जान्ह्वीसँग तस्बिर खिच्नका लागि अघि बढ्दै गर्दा जान्ह्वीका म्यानेजरले प्रशंसकको हात समातेर तल झारिदिन्छन् । यो स्थितीलाई नायिकाले निकै राम्रो तरिकाले सम्हाल्छिन् । भिडियोमा तपाईं देख्न सक्नुहुन्छ कि अभिनेत्रीले तिनै प्रशंसकसँग एउटा सेल्फी खिच्नका लागि अनुमति दिन्छिन् ।

जान्ह्वीलाई फोटोग्राफरले दिए गुलाबः

यस्तै जान्ह्वी कपुरको अर्को एउटा भिडियो पनि चर्चामा आइरहेको छ जसमा उनी विमानस्थलमा केक काटिरहेकी छिन् । मिडिया कर्मचारीले उनको जन्मदिनको केक कटाएका थिए । त्यसपछि उनले क्यामरालाई पोज दिन्छिन् । मिडिया कर्मचारीमध्ये एक फोटोग्राफरले जान्ह्वीलाई उपहार स्वरुप गुलाब दिए । नायिकाले यसलाई खुसी भएर राखिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप