शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ

सोमबार, २४ फागुन २०७७, १७ : ०४
सोमबार, २४ फागुन २०७७

काठमाडौं । कपिलवस्तुमा ८५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ती वृद्धालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै, धनुषामा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला नगरपालिका–५ विश्रामपुर बस्ने ६५ वर्षीय कुमार बहादुर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले सोही ठाउँस्थित कुखुरा फर्ममा ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्के वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप