शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनरत वादी समुदायका नागरिकमा सरुवा रोगको संक्रमण

सोमबार, २४ फागुन २०७७, १७ : ०६
सोमबार, २४ फागुन २०७७

   सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडिको खुल्ला चौरमा धर्नामा बसिरहेका वादी समुदायका अधिकांशलाई सरुवा रोग सम्बन्धीका समस्याहरु देखिएको छ । खेतीपाती गरिखाने जमिन दिनुपर्ने माग गर्दै विगत १४ दिनदेखि धर्नामा बसेका अधिकांशलाई छाला सम्बन्धीका रोगसहित रुघा खोकी ज्वरो, दम बढ्ने जस्ता समस्या देखिएको हो ।
खाना र सरसफाइको अभावमा उनीहरुमा यस्ता खालका समस्याहरु देखिन थालेको चिकित्सकहरुले बताएका छन्  ।

जनस्वास्थ्य कार्यालय सुर्खेतले सोमबार उनीहरु बसेको स्थानमा स्वास्थ्य शिविर चलाएको थियो । जसमा दाद, लुतो, घाउखटिरा आउने जस्ता रोगका बिरामीहरु धेरै भेटिएको कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर प्रदिप न्यौपानेले बताए । 

झण्डै पाँच सयको हाराहारीमा रहेका उनीहरुमध्ये धेरैजसोमा व्यक्तिहरुमा  पेट दुख्ने, ग्यास्ट्रिक, आँसु बग्ने, महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखिएको डाक्टर न्यौपानेले बताए । 
उनले भने, ‘दम, मधुमेह, उच्च रक्तचाप, लगायतको समस्या भएका वृद्धवृद्धाहरुमा अव्यवस्थित बसाइले समस्या बढेको छ ।’ 

एउटै पालमुनी सबै परिवारहरु बस्नुपर्ने, खानेपानी, शौचालय र सरसफाइको अभावमा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर बढ्दै गएको उनले बताए । 
स्वास्थ्य शिविरमा दुई सय दश जनाको स्वास्थ्य जाँच गरिएको थियो। बिरामीहरुलाई औषधी वितरण गरिएको जन स्वास्थ्य कार्यालयका सिनियर अहेब अमर रानाले जानकारी दिए । 
उनले भने, ‘जाँच गरिएका मध्ये दश जनालाई थप उपचाका लागि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको छ। उनीहरुलाई जटिल समस्या देखिएकाले थप उपचारको लागि पठाइएको हो ।
वादी समुदायका अगुवा हिक्मत वादीले खाना र खानेपानीको निकै समस्या भएको गुनासो सुनाए । प्रदेश सरकारकै शरणमा भएपनि हाम्रो कुनै सुनुवाई छैन्,’उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप