शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारी दिवसमा २५ पठाओ महिला राइडर सम्मानित

सोमबार, २४ फागुन २०७७, १७ : २४
सोमबार, २४ फागुन २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर कम्पनीले आफ्ना २५ उत्कृष्ट महिला राइडरहरुलाई सम्मान गरेको हो ।

पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला दिवसको अवसरमा राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरेर सम्मान गरिएको जानकारी दिइन् ।  सो अवसरमा महिला राइडरहरुले अनुभव समेत आदनप्रदान गरिएको उनले बताइन् । महिला सशक्तीकरणको महत्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदी बहिनी सक्रिय भएको देख्दा खुसी लागेको हमालले बताइन् ।

हाल झण्डै ७०–८० हजारको संख्यामा नेपालमा पठाओ राइडहरु रहेकोमा एक हजार छ सय जना महिला राइडरहरुरहेको कम्पनीले जनाएको छ । जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब तीस हजार रहेको हमालले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप