हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक, कति पर्छ मूल्य ?
हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक गरेको छ । यी दुई गाडी भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने छन् भने १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलजि रहनेछ ।
बजारमा उपलब्ध अरु गाडीहरूको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुण्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ । हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु—सज्जित छ । यसको आर१५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ ।
हुन्डाई भेन्यू १.२ एस प्लसमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmष्टल इफेकट सहितको एलईडी डीआरएल लाइट विशेष रहेको कम्पनीले जनाएको छ ।
इंटेलिजेंट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिने पनि कम्पनीले जनाएको छ । यी गाडीहरुको शुरुवाती मूल्य हुन्डाई भेन्यू १.२ एस प्लस को ४४ लाख ५६,००० रुपैयाँ र हुन्डाई भेन्यूू आईएमटीको रु. ४४ लाख ९६,००० रुपैयाँ कायम गरिएकोे कम्पनीले जनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन