शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा मकवानपुरको पार्टी कार्यालयमा एमालेको बोर्ड

सोमबार, २४ फागुन २०७७, १७ : २९
सोमबार, २४ फागुन २०७७

हेटौँडा । सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको पार्टी कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड राखिएको छ ।

हेटौँडा उपमहानगरपालिका–५ पुष्पलालपार्कस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा सोमबार नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताहरुले नेकपाको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका हुन् ।

आइतबार ओली समर्थकले सर्वोच्चको फैसलालाई स्वागत गर्दै हेटौँडामा विजय -यालीसहित दीप प्रज्वलन गर्दै लड्डु बाँडेका थिए ।

आइतबार सर्वोच्चले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै निर्वाचन आयोगमा दर्ता रहेको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपालाई साविककै अवस्थामा पु-याइदिएको थियो । सर्वोच्चको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् रुपमा साविककै स्वामित्वमा रहने गरी फैसला गरेको थियो ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच भएको एकतापछि हेटौंडास्थित उक्त पार्टी कार्यालयलाई एकीकृत पार्टीको कार्यालयका रुपमा प्रयोग गरिँदै आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्ड माधव समूहका पूर्व एमालेका नेता तथा कार्यकर्ताले उक्त पार्टी कार्यालय आफ्नो भएको दावी गर्दै तालाबन्दी गरेका थिए । तर अहिले सो कार्यालयमा ओली पक्षका कार्यकर्ताले नेकपा एमालेको बोर्ड राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप