शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय पुनर्निर्माणका लागि भूमी पूजा

सोमबार, २४ फागुन २०७७, १८ : २६
सोमबार, २४ फागुन २०७७

काठमाडौं । चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालय पुनर्निर्माण हुने भएको छ । भारतको सहयोगमा हुन लागेको पुनर्निर्माणका लागि आज भूमी पूजा भएको नेपालस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ । पुनर्निर्माणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भूमी पुजा सम्पन्न गरेका छन् ।

६ करोड ४९ लाखको लागतमा पुनर्निर्माण हुन लागेको सो विद्यालय सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुने बताइएको छ । शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने नयाँ संरचनामा तीनवटा ब्लकहरु हुनेछन् । जसमा १३ वटा कक्षा कोठा, परीक्षा हल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतु भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । सो भूमीपुजन कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रा गिरी नगरपालिकाका मेयरको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप