शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला हस्तकला मेला सम्पन्न

सोमबार, २४ फागुन २०७७, २० : ५४
सोमबार, २४ फागुन २०७७

 महिला हस्तकला मेला सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीन दिने मेला आइतबार सम्पन्न भएको हो । 
“हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वर्द्धन” भन्ने मुल नाराका साथ ललितपुर महानगरपालिका परिसरमा यहि फागुन २२ गतेदेखि २४ गतेसम्म चलेको मेलाको समापन ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गीता सत्यालले गरेकी हुन् । 

उप–प्रमुख सत्यालले महिला  सवलिकरणमा जोड दिँदै महिलाको आर्थिक स्थिती सवल नभएसम्म महिला सवलीकरण हुन नसक्ने र त्यसको लागि पुरुषहरूको सहयोग अपरिहार्य हुने बताइन् । उनले हस्तकलाका सामाग्री उत्पादनले महिलाको आर्थिक उपार्जनमा टेवा पुग्ने बताइन् । महिला सशक्तीकरणका लागि आर्थिक पाटो महत्वपूर्ण हुने भएकाले सर्वप्रथम महिलाको आर्थिक पक्ष बलियो बनाउनु पर्नेमा जोड दिइन् । 

कार्यक्रममा मेला संयोजक तथा नेपाल हस्तकला महासंघका कार्यसमिति सदस्य सबिता सिंहले जानकारी दिइन् । उनले महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन÷नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रबर्द्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने जोड दिइन् । 

कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यलेले बेलाबखतमा आयोजना हुने यस्ता मेलाले महिलाको आर्थिक पाटोसंगै समाजमा स्थापति हुन समेत सहयोग पुग्ने बताए । 
मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री ,सीसाजन्य सामग्री गरी करिब ५० स्टल व्यवस्था गरेको थियो । महासंघका अनुसार कुल सदस्यमध्ये १० प्रतिशत महिला उद्यमीको सहभागिता रहेको थियो । 
मेलामा समापन कार्यक्रममा स्टल नं. ९ की रुकमीणी श्रेष्ठलाई उत्कृष्ठ महिला उद्यमी रुपमा सम्मान गरिएको थियो ।


। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप