शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

ओलीको पेलानमा निरीह नेपाल

मङ्गलबार, २५ फागुन २०७७, ०७ : ३२
मङ्गलबार, २५ फागुन २०७७

वाम गठबन्धनदेखि वाम एकतासम्म महत्त्वपूर्ण भूमिका खेलेका माधव नेपाललाई केपी ओलीले त्यतिखेरसम्म भाउ दिएका थिए, जुन दिन वाम एकता भएर ओली सरकार दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बन्यो । त्यसपछि ओलीले नेपालकै प्रस्तावमा आफू सर्वसम्मत रुपमा पार्टी संसदीय दलको नेता बन्दै त्यही आधारमा प्रधानमन्त्री बनेको बिर्सिए ।

२०७५ जेठ ३ गते पुष्पकमल दाहालको माओवादी केन्द्रसँग एकीकरण भएपछि दाहाल र ओलीका बीचमा सम्बन्ध प्रगाढ बन्दै गयो । नेपाललाई बिस्तारै साइड लगाउन थालियो । ओलीको पेलान नेपाल समूहलाई अत्यधिक हुन थाल्यो । ओलीको व्यक्ति र गुट केन्द्रित निर्णयमा नेपालले असहमति दर्ज गर्दै अघि बढ्दै गए ।

२०५० देखि २०६५ सम्म एमालेको नेतृत्वमा रहँदा नेपाल जसरी ओलीमाथि हावी हुँदै गएका थिए, ओलीले त्यसको बदला २०७१ मा एमालेको नवौँ महाधिवेशनबाट अध्यक्ष चुनिएसँगै लिन थाले । नेपालले सम्झिएसम्म तत्कालीन एमालेको पदाधिकारीमा पराजित अरु नेताहरु स्थायी कमिटी सदस्यमा मनोनीत गरिसक्दा पनि नेपालको सिफारिसमा रघुजी पन्तलाई ओलीले पार्टी निर्णयका बाबजुद निकै पछिसम्म स्थायी कमिटी सदस्य बनाएनन् ।

नेपालले भनेका थिए, ‘त्यसपछि धोकाधडी कति भए कति, गनिसाध्य छैन ।’

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप