बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानमा मिलानको पकड बलियो

मङ्गलबार, २५ फागुन २०७७, ०८ : ४२
मङ्गलबार, २५ फागुन २०७७

एटलान्टालाई पराजित गर्दै इन्टर मिलानले इटालियन सिरिए ए को शीर्ष स्थानमा आफ्नो पकड मजबुत बनाएको छ । स्क्रीनियारले दोस्रो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । यो सिजन टोलीका लागि उनको यो तेस्रो गोल हो ।

जीतसँगै एन्टोनियो कोन्टेको टोलीले लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । इन्टरले लिगमा खेलिएका पछिल्ला ७ खेलमा जीत हासिल गरेको छ । टोली सन् २०१० पछि पहिलोपटक लिग उपाधि जित्ने होडमा रहेको छ ।

उता, एटलान्टाको भने चार खेलको जीतको शृङ्खालामा पूर्णविराम लागेको छ । पराजयसँगै एटलान्टा एएस रोमाभन्दा एक अंकले पछि लिगको पाँचौ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप