बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नोबेलमा सुरु भयो खेलकुद उत्सव

मङ्गलबार, २५ फागुन २०७७, १० : ४५
मङ्गलबार, २५ फागुन २०७७

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ ।  कलेजमा अध्ययनरत बिद्यार्थीहरुले स्पोर्टस फियस्टा अर्थात् खेलकुद उत्सव सुरु गरेका हुन् ।

एक सातासम्म सञ्चालन हुने फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत प्रतियोगिता हुनेछन् । नोबेलमा हरेक वर्ष विद्यार्थीहरुले एक सातासम्म विभिन्न खेलकुद गतिविधि गरेर खेलकुद उत्सव मनाउँदै आएका छन् ।

उत्सव समापनका अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रमसमेत गर्ने गरिएको छ । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव १६ सय विद्यार्थी अध्ययनरत छन् ।

स्तरीय चिकित्सा शिक्षा अध्ययनका लागि नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुकका विद्यार्थी पनि नोबेलमा आउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप