बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘फाइभ इन वान’ बहुप्रष्ठित सामसुङ कर्ड माइस्ट्रो रेफ्रिजरेटर नेपाली बजारमा

अहिलेसम्मकै उत्कृष्ट उत्पादन भएको कम्पनीको दाबी
मङ्गलबार, २५ फागुन २०७७, १० : ५१
मङ्गलबार, २५ फागुन २०७७

सामसुङ नेपाल, कन्जुमर इलेक्ट्रोनिक्सका प्रमुख आलोक गुप्तासँग कर्पोरेट वार्ताः

काठमाडौँ । गर्मीयाम सुरु भइसकेको छ । गर्मी मौसम सुरु भएसँगै बजारमा फ्यान, एसी, फ्रिज (रेफ्रिजरेटर) लगायत इलोक्ट्रोनिक्स डिभाइसहरूको माग बढ्न थालेको छ । त्यसो त गर्मी सिजनलाई नै लक्षित गरेर अहिले व्यवसायीहरूले सोही बमोजिमका इलोक्ट्रोनिक्स (विद्युतीय) सामग्री भित्र्याउन थालेका छन् ।

यस्तैमा विश्व स्तरीय ब्रान्ड सामसुङले हालै मात्र बजारमा आफ्नो नवीनतम उत्पादन ‘सामसुङ कर्ड माइस्ट्रो’ रेफ्रिजरेटर अर्थात् दही जमाउन मिल्ने फ्रिज ल्याएको छ । जुन अहिलेसम्मकै उत्कृष्ट उत्पादन भएको सामसुङ इलेक्ट्रोनिक्सले जनाएको छ ।

अहिलेसम्म बजारमा उपलब्ध अन्य साधारण रेफ्रिजरेटरको तुलनामा कर्ड माइस्ट्रो सर्वोत्कृष्ट हुनुका साथै अन्य ब्रान्डमा उपलब्ध नभएका फिचर्ससमेत समाहित भएको सामसुङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्सका प्रमुख आलोक गुप्ता बताउँछन् । यो रेफ्रिजरेटरले नेपाल प्रवेश पाएको छोटै समयमा नेपाली उपभोक्ताको मन जित्न सफल भएको र राम्रो डिमान्डसमेत रहेको गुप्ताको भनाइ छ ।

कर्ड माइस्ट्रोमा त्यस्तो के छ ? जसले उपभोक्ताको मन जितिरहेको छ । कर्ड माइस्ट्रो कस्तो रेफ्रिजरेटर हो त ? यसबारे जानकारी दिन कम्पनीसँग कुरा गरेका छौँ । यस्तो छ माइस्ट्रोका लागि सामसुङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्सका प्रमुख आलोक गुप्तासँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेको सङ्क्षित कुराकानीः

कम्पनीले भर्खरै बजारमा कर्ड माइस्ट्रो रेफ्रिजरेटर ल्याएको छ । बजार कसरी अघि बढिरहेको छ ? अर्थात् तपाईंहरूको उत्पादन उपभोक्ताले कतिको रुचाएका छन् ?

निश्चय नै कम्पनीले भर्खरभर्खर मात्र बजारमा सामसुङ माइस्ट्रो रेफ्रिजरेटर ल्याएको छ । सामसुङको उत्कृष्ट उत्पादन अहिले हामी कर्ड माइस्ट्रोको बजार प्रवद्र्धनकै क्रममा छौँ ।

त्यसै पनि सामसुङका उत्पादन त्यसमाथि बहुआयामिक रेफ्रिजरेटर बजारमा उपभोक्ताले नरुचाउने भन्ने त कुरै हुँदैन । भारतीय बजारमा निकै सफल भएको उत्पादन हामीले नेपाली बजारलाई समेत ध्यानमा राखेर भित्र्याएका हौँ । त्यो कुरा हाम्रा उपभोक्ताले प्रोडक्टप्रति देखाउनु भएको रुचिले पनि प्रस्ट पारिरहेको छ ।

व्यावसायिक रूपमा कम्पनीले हालै मात्र माइस्ट्रोको प्रचार प्रसारमा लागे पनि प्रोडक्ट भने गत वर्षदेखि नै बजारमा आएको हो । पहिलो पटक थोरै सङ्ख्यामा आएको रेफ्रिजरेटरले राम्रो बजार लिन सफल भयो । त्यसले हाम्रा लागि बजार विश्लेषणमा निकै सहज बनाएको छ । अहिले हामी व्यावसायिक रूपमै कर्ड माइस्ट्रोलाई अघि बढाउँदै छौँ ।

त्यसलाई आगामी अप्रिल १ देखि औपचारिक रूपमै बजारमा लैजाने हाम्रो योजना छ ।

वास्तवमा कर्ड माइस्ट्रो कस्तो खालको रेफ्रिजरेटर हो ? जुन अरूभन्दा भिन्न छ ।

कर्ड माइस्ट्रो भनेको दही जमाउन मिल्ने फ्रिज हो । हामीले पहिलो पटक बजारमा दही जमाउन समेत मिल्ने नयाँ खालको नयाँ फ्रिज ल्याएका छौँ । यो उत्पादन सामसुङ कम्पनीको मात्र नभएर अन्य ब्रान्डभन्दा एड्भान्स प्रोडक्ट हो ।

फ्रिज त बजारमा धेरैथरीका छन् तर कर्ड माइस्ट्रो त्यस्तो खालको फ्रिज हो जसमा आवश्यकता अनुसारको दही जमाउन सकिन्छ । त्यो फ्रिजमा कम्पनीले दही जमाउनकै लागि भनेर एउटा छुट्टै एक लिटरको डम्बा उपलब्ध गराएको छ ।

डिजिटल, म्यानुअल्ली डिभाइसका रूपमा उपलब्ध गराइएको सो सिस्टमबाट अधिकतम ६ देखि ८ घण्टामा दही जमाउन सकिन्छ । यसका लागि आवश्यक टेम्पेचर (तापक्रम) डिभाइसमै फिक्स गर्न सकिन्छ । साथै त्यसबाट आफ्नो स्वाद अनुसारको दही जमाउन सकिन्छ । त्यो विशेषता  अरू ब्रान्डका फ्रिजमा पाउन सकिँदैन ।

फ्रिज त्यसमा पनि छुट्टै दही जमाउन सकिने सुविधा, कम्पनीले किन कर्ड माइस्ट्रोको विकास ग¥यो होला ?

पहिलो कुरा हामीले के बुझ्न आवश्यक छ भने कर्ड माइस्ट्रो सामसुङको उत्पादन भए पनि यो विशुद्ध इन्डियन उत्पादन हो । यसले आफ्नो बजारको मागलाई हेरेर उत्पादन गरेको छ र यो उत्पादन भारतीय बजारमा निकै सफलसमेत भएको छ ।

भारतमा मात्र नभएर नेपालमा समेत परम्परागत तथा धार्मिक रूपले शुभ कार्य, शुभ साइतमा दही खाने र खुवाउने संस्कृति छ । हाम्रा यस्ता खाले  संस्कृतिलाई आत्मसात गरेर नेपाली बजारमा कर्ड माइस्ट्रो फ्रिज ल्याएका हौँ । त्यो फ्रिज नेपाली बजारमा पनि निकै राम्रो मानिएको छ । अहिले बजारमा कर्ड माइस्ट्रोको राम्रो माग रहेको देखिन्छ ।

मैले अगाडि पनि भने, अनौपचारिक रूपमा गत वर्ष नै हामीले केहीँ सङ्ख्यामा कर्ड माइस्ट्रो फ्रिज बजारमा ल्याएका थियौँ । छोटो समयमा नै त्यो बिक्री भएको थियो । अहिले हामीले औपचारिक रूपमा नै बजारमा कर्ड माइस्ट्रोलाई अघि बढाएका छौँ । यसमा आम उपभोक्ताको रुचि र रोजाइ धेरै नै रहेको पाएका छौँ ।

मूल्य कति छ नि ?

कर्ड माइस्ट्रो विशेषतः हामीले दुई भेरियन्टमा ल्याएका छौँ । एउटा कर्ड माइस्ट्रो आरटी २८ र अर्को आरटी ३४ मा छ । आरटी २८ सामान्य फ्रिज हो । त्यसमा दही जमाउने सुविधा पनि दिएका छौँ । जुन आम उपभोक्ताले उपभोग गर्न सक्छन् । त्यसको मूल्य ६३, ६४ हजार रुपैयाँ मात्र छ ।

अर्को मोडल भनेको आरटी ३४ हो । यो पनि कर्ड माइस्ट्रो फ्रिज नै हो । तर यसमा भने कम्पनीले फाइभ इन वान मोडहरू समाहित गरेको छ । त्यसको मतलब फ्रिजमा पाँचवटा टेक्नोलोजीयुक्त फिचर्स उपलब्ध गराइएको छ । आवश्यकता अनुसार प्रयोगकर्ताहरूले त्यसमा उपलब्ध सुविधाहरू प्रयोग गर्न सक्छन् । त्यसको मूल्य नेपाली बजारमा ९६ हजार रुपैयाँ रहको छ ।

फ्रिज भन्नेवित्तिकै पहिले उपभोक्ताको दिमागमा विद्युत्को बिलले हिट गर्छ । कर्ड माइस्ट्रो चाहिँ कत्तिको मितव्ययी छ त ?

हो, यो समस्याको समाधन भनेकै सामसुङ हो । कम्पनीले यही किफायती, उपभोक्तामैत्री र क्वालिटीकै लागि भनेर ब्रान्डको उत्कृष्टताका लागि बर्सेनि ठूलो बजेट खर्च गर्ने गरेको छ । आफ्नो इनोभेसनमा ठूलो खर्च गर्ने कम्पनीमध्येकै सामसुङ एक हो । त्यसैले सामसुङ कर्ड माइस्ट्रो उपभोक्तामैत्री, कम खर्चालु नहुने त कुरै छैन । कम्पनीले फ्रिजमा भरपूर टेक्नोलोजीको प्रयोग गरेको छ । यसले विद्युत् खपतलाई कम गरी अनावश्यक खर्च कटौती गर्छ ।

पहिले पहिले जस्तो फ्रिज भन्ने वित्तिकै बिजुलीको बिल भनेर तर्सिनुपर्ने अवस्था अहिले छैन । सामान्य फ्रिज र डिजिटल फ्रिजको विशेषता वा फरक भनेकै यही हो । उपभोक्ताले मजाले सामसुङका फ्रिज चलाउन सक्छन् । यसमा अनावश्यक र बढी खर्च आउने भन्ने समस्या रहँदैन । तर बजारमा पाइने अन्य सामान्य फ्रिज चलाउनु भयो भने चाहिँ भन्न सकिन्न ।

थप भिडियो मार्फत ...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप