शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुकुम पश्चिममा नेकपाको कार्यालयमा एमालेको साइनबोर्ड

मङ्गलबार, २५ फागुन २०७७, १४ : ३९
मङ्गलबार, २५ फागुन २०७७

रुकुम पश्चिम । सर्वोच्च अदालतले नेकपा विवादबारे गत आइतबार गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि विभिन्न जिल्लामा एमाले पार्टी कार्यालय स्थापनाको होड चलेको छ ।

सोही क्रममा रुकुम पश्चिमस्थित साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य खेम्मान खड्का र जिल्ला अध्यक्ष टंकप्रसाद ओलीको नेतृत्वमा मंगलबार नेकपा एमालेको साइनबोर्डसहित पार्टी कार्यालय स्थापना गरिएको हो ।

पार्टी एकताअघि सो कार्यालय एमालेकै रहेको र अहिले सर्वोच्च अदालतको फैसलापछि एमाले साविककै अवस्थामा आएकाले सो कार्यालय एमालेकै स्वामित्वमा आएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य ओमप्रकाश आचार्यले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप