बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खानपिनका यी ८ चिजले समय अगावै बुढो बनाइदिने

मङ्गलबार, २५ फागुन २०७७, १५ : १०
मङ्गलबार, २५ फागुन २०७७

समय सँगै उमेर बढ्नु साधारण कुरा हो तर खानपिनका केही कुराका कारण समय अगावै बुढेसकालको लक्षण देखिन थाल्छ । आउनुहोस्, त्यस्ता खानेकुराबारे जानकारी लिऔं जसले उमेरै नपुगी बुढो बनाइदिन्छ । तसर्थ, यस्ता खानेकुराबाट टाढा हुनुपर्छ ।

मसालेदार खानाः

केही मानिसहरुलाई तात्तातो मसालेदार खानेकुरा खान मनपर्छ । मसालेदार खानाले रगतको नसा सुन्निे गर्छ, कतिपय अवस्थामा यो फुट्न पनि सक्छ । यसका कारण अनुहारमा बैजनी रङको निशान देखिन थाल्छ । यदि तपार्ईंमा यस्तो समस्या छ भने मसालेदार खाना नखानुहोस् । साधारणतया महिलाको रजनोवृत्तिपश्चात् यस्तो समस्या देखिन थाल्छ । मसालेदार खानाले शरीरको तापक्रम बढाउने गर्छ र पसिनाका कारण छालामा ब्याक्टेरिया बन्न थाल्छ । असाध्यै मसालेदार खाना खाँदा अनुहारमा डण्डीफोर देखिन थाल्छ र छाला निकै बुढो देखिन थाल्छ ।

मार्जरिनः

मार्जरिन अर्थात् नक्कली नौनीमा ट्रान्स फ्याट हुन्छ । यसले शरीरमा गुड कोलेस्ट्रोललाई कम गर्छ र ब्याड कोलेस्ट्रोललाई बढाउँछ । धेरै मार्जरिन खाँदा पूरा शरीर सुन्निने गर्छ । इन्फ्लेमेशनका कारण मुटुरोग र स्ट्रोकको खतरा बढ्ने गर्छ । यसले शरीरलाई उमेर अगावै बुढो बनाइदिन्छ ।

सोडा र इनर्जी ड्रिङ्कः

तपाईं जति धेरै सोडा वा इनर्जी ड्रिङ्क पिउनुहुन्छ त्यति नै तीब्र गतिमा तपाईंको बडी सेल्सको उमेर बढ्न थाल्छ । यी ड्रिङ्क्समा चिनी र क्यालोरी असाध्यै हुन्छ । यस्ता ड्रिङ्कले मुखको ब्याक्टेरियासँग मिलेर दाँतको इनामेल खराब गर्ने गर्छ । यसका साथै यो ड्रिङ्कले तौल, स्ट्रोक र डिमेन्सियाको खतरा पनि बढाउने गर्छ जसका कारण मानिसहरु समय अघि नै बुढा हुन थाल्छन् ।

फ्रोजन फूडः

फ्रोजन फूडमा असाध्यै धेरै सोडियम हुन्छन् जुन मृगौलाका लागि राम्रो मानिँदैन । फ्रोजन फूडलाई ताजा राख्नका लागि स्टार्चको अत्यधिक प्रयोग गर्न गरिन्छ । यसका कारण मुटु रोग र मधुमेहको खतरा बढ्ने गर्छ । धेरै मात्रामा फ्रोजन फूड खाँदा तौल तीब्र गतीमा बढ्ने गर्छ ।

मद्यपानः

धेरै रक्सी पिउँदा मुख सुक्न थाल्छ । मद्यपानले डिहाइड्रेशन बढाउँछ र यसको प्रत्यक्ष असर तपाईंको छालामा पर्छ । पानीको कमीले तपाईंको छाला रुखो हुन थाल्छ र अनुहारमा निकै छिटो चाउरी पर्न थाल्छ ।

तारेका खानाः

चिप्स, फ्रेन्च फ्राइज र डोनट्सुजस्ता तारेका खानाले फ्रि रेडिकल्स बढाउँछ । यसले कोसिकालाई हानी पुर्याउँछ र यसको असर केही दिनपछि छालामा स्पष्ट रुपमा देखिन थाल्छ । तारेका खानेकुराले तपाईंलाई भित्रैबाट बिरामी बनाउँछ, यसले तपाईंको शरीरलाई निष्क्रिय बनाउँछ । यसका साथै बेक्ड खानेकुरा जस्तै कुकिज र केक असाध्यै धेरै खाँदा पनि इन्फ्लेमेशन बढाउने काम गर्छ ।

हाई फ्रुक्टोज कर्न सिरपः

हाई फ्रुक्टोज कर्न सिरप सोडा र बजारको फ्रूड ड्रिङ्क्समा पाइन्छ । यसले शरीरलाई विभिन्न हानी पुर्याउाछ । हाई फ्रुक्टोज कर्न सिरपले शरीरमा कालेजन र इलास्टिन बन्नबाट रोकछ । यी दुबै चिजले छालालाई स्वस्थ बनाउँछ । हाई फ्रुक्टोज कर्न सिरपका कारण छाला रुखो हुन थाल्छ र अनुहारमा चाँडै नै बुढ्यौली देखिन थाल्छ । यसबाहेक यसले मधुमेश र मुटु रोगको खतरा पनि बढाउँछ ।

क्याफिनः

क्याफिनले तपाईंको दिमागमा असर पार्छ । क्याफिनको अत्यधिक सेवनले बारम्बार बाथरुम जान आवश्यक पर्छ र यसका कारण डिहाइड्रेशन हुन थाल्छ । पानीको कमीका कारण छालाबाट टक्सिन निस्कन बन्द हुन्छ । यसका कारण छाला रुखो हुन थाल्छ र समय अगावै अनुहारमा चाउरी पर्न थाल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप