काठमाडौंमा हेल्थवाइज पोलिक्लिनिक सञ्चालनमा
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित भिमसेन गोलामा हेल्थवाइस पोलिक्लिनिक आजदेखि सञ्चालनमा आएको छ । फिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट) मा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेका यूवाहरुको समूहले स्थापना गरेको उपचार केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरेकी हुन् ।
कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्त रुपमा अगाडि बढाउने उदेश्य राखेको छ भने सौन्दर्य र स्वास्थ्योपचार दुवै विधालाई एकैसाथ अगाडि लाने यो नेपालकै पहिलो पोलिक्लिनक रहेको सञ्चालकहरुको दाबी रहेको छ ।
पोलिक्लिनिक स्थापनाको केहि समयभित्रै पूर्णरुपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको जानकारी दिँदै सञ्चालकहरुलाई यस उपचार केन्द्रमा जो कसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै