शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवीन्द्रराज जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

मङ्गलबार, २५ फागुन २०७७, १६ : ३९
मङ्गलबार, २५ फागुन २०७७

काठमाण्डौ । मष्तिष्कघात भई २०७७ फागुन १४ गते शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुरुवातका केही दिनमा राम्रो सुधार भए पनि शनिवार बिहानदेखि एक्कासी समस्या आएको हो ।

शनिवार बिहानदेखि उनको श्वासप्रश्वास र मुटुको चालमा एक्कासी गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सपोर्टमा भए पनि अहिले उहाँको रक्तचाप सामान्य छ भने प्रति मिनेट उहाँ आफैले ८–१० पटक सास फेरिरहनुभएको छ । ‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ,’ उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने । 

मष्तिष्कघात हुँदा रक्तश्राव भई उनको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीहरूमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उनको भनाइ छ । मंगलबार दिउँसो ३ बजेसम्मको उहाँको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण नै देखिएको अस्पतालले जनाएको छ ।

यसअघि गत सोमबार बिहानबाट उनले आफैंले श्वास फेर्न थाल्नु भएपछि भेन्टिलेटरको फूल सपोर्ट हटाइ भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको थियो । बेहोस अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर केही दिनअघि नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी(ट्रयाकियोसटोमी) समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप