मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा गोरखामा विद्यालय निर्माण सम्पन्न

बुधबार, २६ फागुन २०७७, १५ : ०१
बुधबार, २६ फागुन २०७७

भारत सरकारको ४ करोड ३३ लाख रुपैयाँ आर्थिक सहयोगमा गोरखाको शहीद लखन गाउँपालिका—६, घैरुङ्गमा विद्यालय निर्माण सम्पन्न भएको छ ।  निर्माण सम्पन्नसँगै हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट संयुक्त रुपमा उद्घाटन भएको हो । 
 
‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित सो तीन तल्ले भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक—एकवटा कक्ष र छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना रहेका छन् । 

सन् २००३ यता भारतले नेपालमा ५२० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४४६ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । जसमध्ये गोरखा जिल्लाका ७ वटा परियोजना सहित ५० वटा परियोजना गण्डकी प्रदेश मा रहेका छन् । भारत सरकारले आर्थिक सहयोग गरेका प्रदेश नं ४ का विविध परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा पनि भारतीय दूतावासले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप