आइन्सटाइनको 'जनरल रिलेटीभिटी थ्योरी' लाई चुनौती

person explore access_timeफागुन २७, २०७७ chat_bubble_outline0

 

वैज्ञानिक आइन्स्टाइनको नाम  कसलाई पो थाहा छैन होला र ? मनुष्य जीवनको दैनिकीकै सम्बन्ध आइन्स्टाइनको सापेक्षवादको सिद्धान्त (जनरल रिलेटीभिटी थ्योरी) सँग जोडिएको छ । आइन्स्टाइनले सबैभन्दा पहिले सन १९०५ तिर  सापेक्षवादको सिद्धान्त प्रस्तुत गरेका थिए । सन् १९२० सम्म आउँदा उनको ‘सिद्धान्त’ ले विज्ञानलाई  दुई भागमा बाँडिदियो – ‘क्लासिकल फिजिक्स’ र ‘मोडर्न फिजिक्स’ । उनको यस सिद्धान्तका साथै अन्य सिद्धान्तले पहिलेका वैज्ञानिक र तिनका विभिन्न मान्यताका साथै  विज्ञानका अनेकौं सिद्धान्त र मान्यतालाई खण्डित गर्ने काम गरे । आइन्स्टाइन आधुनिक विज्ञानका पिताकै रूपमा गनिए ।

अहिले आएर यिनै आइन्स्टाइनको एउटा अति चर्चित सिद्धान्तलाई चुनौती आइलागेको छ । ‘लेजर इन्टरफेरोमीटर ग्रेभिटेसनल वेभ  अब्जर्वेटरी’ (लिगो) ले हालै एउटा ठूलो उपलब्धि हासिल गरेको छ । ‘लिगो’ले पहिलो पटक गुरुत्वाकर्षण तरङ्गलाई ‘अब्जर्व’ गर्ने सफलता पाएको हो । अहिलेसम्म विज्ञानले यस्तो सफलता पाएको थिएन । गुरुत्वाकर्षण तरङ्गलाई अहिलेसम्म ‘बाइनरी स्टार सिस्टम’मा रहेको पल्सरको समयानुसार मात्रै ‘अब्जर्भ’ गर्न सकिएको थियो ।

अमेरिकाका  थियोरिटिकल फिजिसिस्ट डा. जेम्स गेट्सले सुप्रसिद्ध एस्ट्रोफिजिसिस्ट नील डिग्रेस टाइसनसँगको वार्तामा भने – गुरुत्वाकर्षण (ग्राभीटी) लाई कणका भाँती हेरिनु विज्ञानका लागि अति ठूलो छलाङ लगाएजस्तै साबित हुन्छ । यसले विज्ञानका धेरै सिद्धान्त स्वतः ‘आउटडेटेड’ हुन पुग्छन् ।

जेम्सका अनुसार अहिले गुरुत्वाकर्षणको तरङ्ग हेर्ने सफलता पाइएको छ । यसबाट निष्कासित हुने ऊर्जाको क्वान्टाइजेसन हुन अझै बाँकी नै रहेको छ । यो हुनसाथ विज्ञानलाई एउटा नयाँ कणको प्राप्ति हुन्छ, जसलाई अहिलेसम्म कल्पनामा (हाइपोथेटिकली)  ग्रेभिटान  भन्दै आइएको छ ।

विज्ञानलाई अहिलेसम्म ब्रह्माण्डमा ग्रेभिटान भए–नभएकाबारे केही थाहा छैन।  थ्योरिटिकल फिजिक्समा ग्रेभिटानलाई गुरुत्वाकर्षणको कण मानिन्छ । तर, अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन ।

अहिलेसम्म ‘हाइपोथेटिकल’ मान्यता मात्रै हो । गुरुत्वाकर्षण कण अथवा गुरुत्वाकर्षणका ‘इलिमेन्ट्री पार्टिकल’ अर्थात् ग्रेभिटान । यिनै ग्रेभिटान अथवा गुरुत्वाकर्षणका ‘इलिमेन्ट्री पार्टिकल’ले गर्दा ग्रेभिटीलाई ‘फोर्स’ प्राप्त हुन्छ । वैज्ञानिकहरुको मान्यता छ–अहिलेसम्म हामी  गुरुत्वाकर्षणको ‘वेभ’ गुणलाई मात्रै बुझ्नसक्ने भएका छौं । आउँदो ५० वर्षभित्र हामी गुरुत्वाकर्षणलाई कणजस्तै  अर्थात् ग्रेभिटानलाई पनि बुझ्ने र विश्लेषण गर्न  सक्ने हुनेछौँ ।

यस सन्दर्भमा डा. नील टाइसनले प्रश्न उठाएका छन्, ‘ग्रेभिटानको खोज कतै आइन्स्टाइनको ‘जनरल रिलेटीभिटी थ्योरी’ लाई नै त चुनोती हुने होइन ? आइन्स्टाइनले न्युटनीय युगको मान्यतालाई ध्वस्त गर्दै ‘स्पेस टाइम’को ‘कर्भेचर’का कारण गुरुत्वाकर्षण उत्पत्ति हुने धारणा अघि सारेका थिए । जुन अहिलेसम्म स्वीकृत भइआएको छ । ग्रेभिटान पाइएको खण्डमा आइन्स्टाइनको थ्योरी गलत साबित हुनेछ ।

विज्ञानले गत वर्ष ‘ब्ल्याक होल’को फोटो जारी गरेको थियो ।  ‘ब्ल्याक होल’ हुने कुराको दाबी आइन्स्टाइनकै सिद्धान्तले गरेको थियो । गुरुत्वाकर्षण, ‘स्पेस टाइम’, ‘कर्भेचर’, ‘ग्रेभिटेसनल  इफेक्ट’ सम्बन्धी सबै धारणा गलत भएपछि ब्ल्याक होलकै अस्तित्वमा पुनः प्रश्न उठ्न आउनेछ । लहरो तान्दा पहरो जान्छ भनेझैं यसको असर बिग ब्याङ्ग सिद्धान्तमाथि पनि पर्न जनेछ ।

स्रोत : विभिन्न वेबसाइट

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।