बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतको निशानामा अब महात्मा गान्धीः असल पिता र पति नभएको भन्दै उठाइन् प्रश्न

शुक्रबार, २८ फागुन २०७७, १७ : ००
शुक्रबार, २८ फागुन २०७७

बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले आइतबार एउटा टिभी अन्तरवार्तामा राजपरिवारबारे ठूलै खुलासा गरेका थिए । अब नायिका कंगना रानौतले शाही परिवारमा मच्चिएको घमासानको विषयमा ट्वीट गरेकी छिन् । यसका साथै उनले महात्मा गान्धीमाथि पनि निशाना साँधेकी छन् र राम्रा पिता र पति नभएको भन्दै प्रश्न उठाएकी छिन् ।

कंगना रानौतले साँधिन् महात्मा गान्धीमाथि निशानाः

कंगनाले महात्मा गान्धीमाथि निशाना साँध्दै लेखिन्, ‘महात्मा गान्धीलाई आफ्नै बच्चाले खराब पिता भएको आरोप लगाएका थिए । थुप्रै स्थानमा यसबारे जानकारी दिइएको छ । उनले आफ्नी श्रीमतीलाई घरको शौचालय सफा गर्न अस्विकार गर्दा बाहिर धकेल्ने गर्थे । उनी एक महान नेता थिए जो महान पति हुन सकेनन् । तर जब कुरा पुरुषको आउँछ तब संसारले माफ गरिदिन्छ ।’

कंगनाले ट्वीटमा के लेखिन् ?

कंगनाले आफ्नो ट्वीटमा लेखेकी छिन्, ‘पछिल्ला केही दिनदेखि मानिसहरुले एक परिवारमाथि एकतर्फी कहानी सुनेर खुबै गसिप गरे, जज गरे, अनलाइन लिन्च गरे । मैले कहिले पनि सासू, बुहारी र षड्यन्त्रजस्ता अन्तरवार्ता हेरिनँ किनभने मलाई यस्ता कुराले उत्साहित गर्र्दैन । म यतिमात्र भन्न चाहन्छु कि संसारभरी उनी एकमात्र महिला शासक बाँकी छिन् ।’

उनी थप्छिन्, ‘सम्भव छ उनी एक आदर्श श्रीमती, बहिनी हुन सक्दिनन् तर उनी एक महान् रानी हुन् । उनले आफ्ना पिताको सपना अघि बढाएकी छिन् । उनले ताजलाई बचाइन् । हामी जीवनको भूमिकालाई पूर्णतासँग निभाउन सक्दैनौं, भलै हामी यसका लागि पर्याप्त छौं । उनले ताज बचाइन् । उनलाई रानी झैं अवकाश लिन दिऔं ।’

यी दुई ट्वीट पछि उनले महात्मा गान्धीको विषयमा ट्वीट गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप