बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
दोषपूर्ण दलतन्त्रमा रुपान्तरण कसरी ?

जतिसुकै सिद्धान्त छाँटुन्, शक्ति–सत्ताको सुरक्षा गर्न दलहरुले छल गरिरहेका छन्

गान्धीले शक्ति र स्वार्थको उपकरण बन्छ त्यसकारण पार्टीलाई फ्याँकिदेऊ भने : प्रा. कृष्ण खनाल, राजनीतिशास्त्री
शनिबार, २९ फागुन २०७७, १५ : ५९
शनिबार, २९ फागुन २०७७

सायद लामो समयपछि यस्तो कार्यक्रम भएकाले पनि होला । हामी यहाँ छलफलमा धेरै व्यापक क्षेत्रमा प्रवेश ग¥यौं । पार्टीसँग जोडिएका केही पनि कुरा बाँकी राखेनौं ।  सैद्धान्तिकदेखि लिएर अहिले तत्काल भइरहेका व्यवहारका रुपमा पनि आयो । त्यस हिसाबले हेर्दा जुन क्षेत्रमा हामी छौं, अहिले त्यसमा कति सुधार संभव छ भन्ने कुरामा हामी गयौं । अलिकति बढी जोड चाहिँ पार्टीको मूल लक्ष्य र सिद्धान्त के हो भन्नेमा गयो । मलाई लाग्छ, हामी दुईजनापछि खगेन्द्रजी त्यसमा प्रवेश गरेको हुनाले सायद त्यतातिर अझ बढी  हामी गयौं कि ?

त्यो आफ्नो ठाउँमा महत्वपूर्ण छ । तर अहिले हामीले अभ्यास गरेको ठाउँमा त्यो कहाँ फिट छ ? एउटा आधारभूत प्रश्न के आयो भने त्यहाँ पुग्न यो बाटोबाट संभव छैन भने चाहे नेकपा होस् वा अरु नै पार्टी, पाटीहरुले धोका दिएका रहेछन्, उनीहरु अवसरवादी रहेछन् भनेर बुझ्नुपर्ने भयो । हामी पनि प्रष्ट हुनुपर्यो कि यो बाटो ठिक छैन भने अर्को बाटो बन्न सक्दछ, सैद्धान्तिक बहस त्यता हुनसक्छ । तर यो एउटा मिलनबिन्दू हो कि होइन ? विभिन्न कमी कमजोरीका बाबजूद यो हाम्रो खेल मैदान बन्न सक्छ कि सक्दैन ? खेल मैदान चाहिँ मान्ने तर गोल चाहिँ अर्कै पोस्टमा छिराउछु भनेर पाइएन नि । गोल त त्यही मैदानभित्रकै गोलपोस्टमा हान्नुपर्यो नि त । त्यसकारण यो अलिकति राजनीति आउँछ नै ।  नेताहरुले त ढाँटे ढाँटे, हामीहरुले पनि त्यस कुराबाट बाहिर जान हुँदैन ।

हामी पनि प्रष्ट हुनुपर्यो कि यो बाटो ठिक छैन भने अर्को बाटो बन्न सक्दछ, सैद्धान्तिक बहस त्यता हुनसक्छ । तर यो एउटा मिलनबिन्दू हो कि होइन ? विभिन्न कमी कमजोरीका बाबजूद यो हाम्रो खेल मैदान बन्न सक्छ कि सक्दैन ? खेल मैदान चाहिँ मान्ने तर गोल चाहिँ अर्कै पोस्टमा छिराउछु भनेर पाइएन नि ।

दलतन्त्रको कुरा गर्दा यो आइरहेको विचलनलाई श्याम जीले संकेत गर्न खोज्नु भएको होला, दलको विकल्प खोजेको होइन । दलकै माध्यमबाट हामी लोकतन्त्र सञ्चालन गर्दछौं, तर दलमा विचलन आयो, त्यसले गर्दा लोकतन्त्र पनि विचलित भयो भन्ने किसिमबाट हामी यता आए जस्तो लाग्छ ।

त्यसकारण मलाई एउटा कुरा लाग्छ, यो फ्रेमवर्क कति उपयुक्त हो त ? फ्रेमवर्क तपाईंले स्वीकार गर्नुहुन्न भने किन आएको त ? झुठको खेती गर्नुहुन्न ?

मलाई लाग्छ हाम्रो पार्टीहरुमा, खास गरेर बामपन्थी पार्टीहरु ठूलो सैद्धान्तिक द्वन्द्व छ मा । कांग्रेसको पनि आउँदछ, किन सोशलिस्ट नेता लोहिया र विपिको बीचमा बोलचाल नै बन्द हुने अवस्था आयो ? इन्डियन सोशलिस्टहरुले ००७ सालको क्रान्तिपछि नेपालमा एक खालको समाजवादको प्रयोग होस् भन्ने चाहेका थिए । लोहियाको तत्काल तिमी जमिन कब्जा गरिहाल र यसलाई पुनःवितरण गर्ने काम गरिहाल भन्ने लोहियाको लाईन रहेछ । यता, मोहनशम्शेरको हातमा छ । लोहियालाई लाग्यो, विपि कोइराला कांग्रेसको  नेता भएकाले हिट गर्न सकिन्छ भन्ने । तर, त्यो थिएन । वास्तवमा जुन बेलामा हान्नुपर्ने हो त्यो बेलामा छोडेपछि १५ सालमा अति ढिलो भइसकेको थियो, त्यो सम्भव थिएन । 

अहिले पनि हामी जति सुरुमा गर्न सक्थ्यौं । संविधानसभाको चुनावपछि वा त्यसभन्दा पनि अघि गरेको भए त्यसले काम गर्ने थियो । हामीले संविधानसभाको चुनावपछि लगत्तै जब माओवादीको नेतृत्वमा सरकार बन्यो, त्यतिबेला हिट गर्न सकेको भए धेरै कुरा हुन्थ्यों ।

त्यसकारण कहिलेकाहीँ के आउँदो रहेछ भने सत्ताका खोजी गर्नेहरुको अर्को द्वन्द्व छ । उनीहरुले सम्झौता गर्छन् आफूलाई सृुरक्षित पक्षमा खोज्छन् । यो नेपालकै राजनीति हेर्ने बित्तिकै छर्लङ्ग छ कि जतिसुकै सिद्धान्त छाँटुन्, त्यहाँ छल गरिरहेका छन्, आफ्नो शक्ति–सत्ताको सुरक्षा गर्नको लागि । त्यहाँ उद्देश्य जतिसुकै इमान्दार भए पनि कोही नेता चोखो बचेको जस्तो लाग्दैन ।

सत्ताका खोजी गर्नेहरुको अर्को द्वन्द्व छ । उनीहरुले सम्झौता गर्छन् आफूलाई सृुरक्षित पक्षमा खोज्छन् । यो नेपालकै राजनीति हेर्ने बित्तिकै छर्लङ्ग छ कि जतिसुकै सिद्धान्त छाँटुन्, त्यहाँ छल गरिरहेका छन्, आफ्नो शक्ति–सत्ताको सुरक्षा गर्नको लागि । त्यहाँ उद्देश्य जतिसुकै इमान्दार भए पनि कोही नेता चोखो बचेको जस्तो लाग्दैन ।

तर समस्या हाम्रोमा इमानदारिता पनि भयो । ०४७ सालको संविधान बनाउँदाखेरी त्यसको सबै डकुमेन्ट पढें मैले । झन्डै २ हजारदेखि २५ सय डकुमेन्ट छन्, नेशनल अर्काइभमा बसेर मैले एउटा जाडोको छुट्टी त्यहीं बिताएँ । त्योमा सबैभन्दा इमान्दार पाएको निर्मल लामा । जसले त्यो संविधान बनाइराख्नु भएको छ, यो संविधानमा मेरो सहमति छैन पनि भनिराख्नु भएको छ । म यो राजतन्त्र नमान्ने मान्छे, म यो बुर्जुवा डेमोक्रेसी नमान्ने मान्छे ।  तर म एउटा पार्टीको तर्फबाट यो जिम्मेवारमिा, यो टिओआरभित्र काम गर्न आइसकेपछि भनेर उहाँले संवैधानिक राजतन्त्रको, त्यहाँ भएका मान्छेमध्ये संवैधानिक राजतन्त्रको सबैभन्दा स्पष्ट परिभाषा दिने मान्छे निर्मल लामा नै हो ।

पछि मैले उहाँसँग बसेर पनि कुरा गरें । अर्को, भरतमोहन अधिकारी संसदीय प्रणालीको विषयमा । कांग्रेसका तीन तीन जना प्रतिनिधि छन्, दमन ढुंगाना हुनुहुन्छ, सबै छन् । तर संसदीय प्रणालीका विषयमा जति स्पष्टताका साथ भरतमोहन आउनु भएको छ, अरु छैन । संवैधानिक राजतन्त्रका विषयमा जति स्पष्टताका साथ गणतन्त्रवादी मान्छे आएको छ, त्यति अर्को छैन । त्यसकारण त्यहाँ इमानदारीता देखिन्छ । अहिले हाम्रोमा त्यो इमान्दारिताको पनि समस्या छ । यी दुइटाका बीच हामी धेरै अल्मिलियौं ।

अर्को जायज कुरा उठाउनुभयो, यो विरोधभास सिद्धान्तसँग कत्तिको रहन्छ ? अर्को कुरा युग पाठकजीले उठाउनुभयो इन्डिजनलाईजेशन अफ पार्टी, इन्डिजलाईजेशन अफ थट ? यो निकै गम्भिर प्रश्न छ ।

तपाई एकातिर मार्क्सवादको रेडिमेड पाठ अगाडि सारेर हेर्नुहुन्छ । अनि यो अहिले उठाएको कुराहरु कहाँ आउँछ ? त्यो जमिन र किसानको सम्बन्ध कहाँ आउँछ त्यो मार्क्सवादको, हामीले गर्ने व्याख्या बेग्लै कुरा हो । तर जुन टेक्स्ट पोलिटिकल क्याम्पियनका लागि गरिएको छ, त्यसले कति जोड्दछ ?

कम्युनिष्ट पार्टीले पनि त्यसको इन्डिजेनियस व्याख्या गर्नुपर्यो । त्यो देखिदैंन । के देखिन्छ भने अहिलेसम्म आइपुग्दा तपाई चाहे लिवर डेमोक्रेसीको कुरा गर्नुस्, चाहे मार्क्सवादको, सोमलिज्मको, त्यो सामान्यीकृत सिद्धान्तबाट आएको हो नि त ।

मार्क्सको हुने र नहुनेको  कुरा गर्दै जाँदा तल्लो तहसम्म पुग्नु भएको छ । तर त्यहाँबाट जनरलाईज भएको कुरा यहाँ आइपुग्दा हाम्रो पार्टीहरु अघि नै आइसक्यो, रेडिमेड पार्टी बनेको हो– चाहे कम्युनिष्ट पार्टी होस् वा कांग्रेस पार्टी । हामीले एउटा त्यतिखेर अन्तर्राष्ट्रिय रुपमा चलेको आधारमा नेपालमा ल्यायौं, तर यहाँ इन्डिजनलाइज नै हुन सकेन । अलिकति कम्युनिष्ट पार्टीहरुलाई इन्डिजनलाइज्ड भनेपनि यिनीहरु संसदीय पार्टी भएर गए । एमाले पुरै संसदीय, त्यसपछि माओवादी संसदीय भएर अहिले दुबै मिलेर नेकपा भएर आएपछि कुरै अर्को भयो । तर इन्डिजनालाइजेशनको कुरा गर्दा समूह, व्यक्ति, समुदाय र संस्कृतिका कुरा कहाँ लगेर हामीले जोड्छौं ? ती त माइक्रो लेभलमा सबैलाई समान बनाउँदै जाने पार्टी हो । हामी एउटा टर्मिलोनोलोजी प्रयोग गर्छौ सबैलाई बराबरी ब्लक बनाएर ब्लकका रुपमा व्यवहार गर्ने अवस्था आउँदैछ । जब अहिलेको इन्क्लुसिभ डेमोक्रेसीको कुरा हामी गर्दैछौं,  यो इजमले म्याक्रो लेभलमा कुरा गरेर सबैलाई एकप्रकारले जनरलाईजेशन गरिदिन्छ, अहिले हामीले कुरा गरिरहेको अहिलेको इन्क्लुसिभ डेमोक्रेसीले त हामी इन्डिभिजुयल र एकदमै इन्डिजिनियस कल्चरसम्म पुगिरहेका छौं नि त ।

हाम्रो पार्टीहरु अघि नै आइसक्यो, रेडिमेड पार्टी बनेको हो– चाहे कम्युनिष्ट पार्टी होस् वा कांग्रेस पार्टी । हामीले एउटा त्यतिखेर अन्तर्राष्ट्रिय रुपमा चलेको आधारमा नेपालमा ल्यायौं, तर यहाँ इन्डिजनलाइज नै हुन सकेन । अलिकति कम्युनिष्ट पार्टीहरुलाई इन्डिजनलाइज्ड भनेपनि यिनीहरु संसदीय पार्टी भएर गए । एमाले पुरै संसदीय, त्यसपछि माओवादी संसदीय भएर अहिले दुबै मिलेर नेकपा भएर आएपछि कुरै अर्को भयो ।

तपाई हामी इन्डिजिनियस भ्यालुजको कुरा गर्दैछौं । इन्डिजिनियस भ्यालुज छ, त्योभित्रका फाइदाहरु छन् । अघि अमलाको कुरा गरेर जानुभयो उहाँले । त्यो कुराहरु गर्दा हामी योभित्र कता–कता अलमलमा पनि छौं कि जस्तो लाग्छ । तर, यो बहस हाम्रो तहमा चाहिन्छ । पार्टीको आफ्नो किसिमका समस्याहरु होलान् । तर यो बहस यो लेभलका मानिसहरुले गर्ने र पार्टीका नेताहरुसँग कहीं न कहीं जोडिने बाटो बनाउदै जाने काम गर्यौं भने यो बहसले एउटा काम गर्छ जस्तो मलाई लाग्छ ।

एउटा कुरा म भनेर आफ्ना कुरा सकिहाल्छु – त्यो गान्धीले कांग्रेस पार्टी विघटन गरिदिऊँ किन भनेको होला ? मलाई लाग्छ, त्यो यति ठूलो क्रान्तिकारी भनाई थियो नि, त्यसलाई कसैले बोक्नै सक्दैन । अब भारतीय कांग्रेस  पार्टी त तिमीहरुको शक्ति र स्वार्थको उपकरण बन्छ त्यसकारण यसलाई फ्याँकिदेऊ भनेर गान्धीले भने । तर, नेहरुले किन गरुन्, उनको त पावर नै जान्थ्यों । अरु सबैको पावर जान्थ्यो ।

उनले जुन भिलेज रिपब्लिकको कुरा गरे नि, त्यहाँनेर जाँदा अब पार्टीबिना कम्युनिटी लेभलमा म्यानेज गर्न सकिन्छ कि सकिदैंन ? यहाँ आर्दशका कुरा होलान् । साँच्चै  व्यवहारमा यो सम्भव छ कि छैन ?

हामीकहाँ चिन्तन बिनाको पार्टी गतिविधि चल्यो । मैले अघिदेखि भन्दै आएको कुरा नयाँ के आयो भने कम्युनिष्ट पार्टीले त निश्चित कम्युनिष्ट मान्यताबाटै सुरु गर्छ नि त । त्यसलाई छाडेर कहाँ जान्छ र ? तर त्यो गर्दा पनि उसले कहिले आएका नयाँ कुराहरुलाई कसरी समावेश गरेको छ । थट इन्डिजनलाईज गर्न सकेको छ कि छैन र त्यो बारेमा चिन्तन हुन्छ कि हुँदैन ? चिन्तन हुँदैन भने त यो जसरी सत्ता लिनेबाहेक अरु केही पनि भएन ।

त्यसकारण यो बहस हामी अलिकति आज पहिलो दिन भएर होला, बहसलाई पनि हामीले सर्टेन थिममै सीमित गर्दै गयौ भने त्यो सिरिज अफ बहसबाट तपाईले सर्टेन विल्डिङ तयार गर्न सक्नुहुन्छ होला । आज हामीले एउटा प्रारम्भ गर्यौं, वाइड कभर गरेर, तर भोलि योभित्र उठेका कतिपय कुरालाई बहस गरेर अघि बढ्नुपर्छ ।  तपाई एकछिनलाई मान्नुस् कि अहिलेकै प्रणालीलाई स्विकार गरेर हामीले अघि बढ्दाखेरी पार्टीमा गर्न सकिने इभोलुसन के छ  ? यसको विकल्पमा ठाउँ छ भने कहाँ कहाँ छ ? पार्टी त हाम्रोमा इभल्भ गरेको हुँदै होइन नि । कहिले इभल्भ गर्ने ? अस्तिसम्म पनि हामी मुभमेन्टबाटै आएको यो सिस्टम हो, फेरि हामी अर्को मुभमेन्टको तयारी गर्दैछौं । हरेक ५ देखि ७ वर्षमा मुभमेन्ट गरेर त इभोलुसन हुनै सक्दैन । त्यसकारण यो गिभन कन्टेक्स्टबाट गर्ने एउटा कुरा होला । अर्को, लार्जर गोलका लागि जान त यो चिन्तन त ठिक छ नि, यो चाहिन्छ नि । समाजवादी चिन्तन, मार्क्सवादी चिन्तन सबै चाहियो नि, त्यो अन्तिम लक्ष्यसम्म पुग्ने चिन्तनलाई त रोक्ने कुरा आउँदैन । त्यो आफ्नो ठाउँमा जारी होस्, तर अहिले सुधारको खाँचो त यहाँनेर पर्यो ।

भोलिको कल्पनाको मात्रै कुरा गरेर भएन, अहिले पनि सुधार हुनुपर्यो । मलाई लाग्छ हामी तीन किसिमबाट गयौं । यसलाई कहीं गएर जोड्न सकिन्छ भने यसको अर्थ रहने भयो । नत्र हाम्रैबीचमा एकथरीको कसैको पार्टीमा स्वास्र्थ छ, पार्टीकै कुरा गर्नेजस्तो । कसैको पार्टीसँग अर्थै भएन हामीले जे कुरा गर्दै पनि भयो जस्तो । घनश्यामजीको एउटा समस्या छ, उहाँ एउटा पार्टीमा काम गरिरहनु भएको छ । शशीजीको समस्या त्यही छ । अनि हामी त्योभन्दा बाहिर उठेर कुरा गरिदिँदा उहाँहरुलाई समस्या हुन्छ । तर, यो पनि आवश्यक छ । कतिपयलाई म अहिले पनि कांग्रेसमा छु कि भन्ने पनि लाग्छ, त्यो अर्को भ्रम छ । कांग्रेससँग मेरो कुनै सम्बन्धै छैन । अपेक्षा पनि छैन । तर यो राजनीतिबाट हामी बाहिर उम्कन त सक्दैनौं । समाज त यहींभित्र हो । मलाई मन परोस् वा नपरोस् ओलीजीलाई मैले भोट हालेको पनि होइन, नेता मानेको होइन । तर उनका कामले गर्दा म पनि प्रभावित छु । देउवालाई कहिलेकाँही भोट हालिदिए पनि उनको कामले पनि मलाई असर गरेको छ । हामी समाजबाट र राजनीतिबाट उम्कन सक्दो रहेनछौं, मनपर्ने नपर्ने कुरा बेग्लै हो ।  त्यसकारण यो बहसलाई अलिकति ट्रयाकमा राख्ने र धेरै अब्स्ट्रयाक्टमा गइदियो भनेपनि गाह्रो हुन्छ कि जस्तो लाग्छ ।

विविधकोणहरुबाट छलफलले एउटा शुरुवात गरेको छ

 श्याम श्रेष्ठ

आजको छलफल असाध्यै राम्रो भयो जस्तो लाग्छ । त्यो यसकारण कि सबै कोण, रंग र छेउका विचारहरु यहाँ आएका छन् । यो व्यवस्थालाई मान्नु र आशा गर्नु नै बेकार भनेपछि पार्टी प्रणालीलाई यहाँबाट सुधार गर्नु कहाँबाट हुन्छ भन्नेकोणको कुरा पनि यहाँ छ । होइन, अहिलेको प्रणालीअन्तर्गत दल चाहिने हो भने दललाई सुधार्ने उपाय के छ भन्ने कुरा पनि यहाँ आयो । अहिलेको स्थितिलाई दललाई कुनै पनि किसिमबाट सुधार्नु सम्भव नै छैन, अर्को हिसाबले जानुपर्छ भन्ने कोणबाट पनि विचार आए । दल निर्माण गर्ने बिल्कुलै नयाँ तरिका सोच्नुपर्छ भन्ने कुरा पनि आयो । नारायणजीले त्यसलाई उठाउनुभयो । महेशजीको भनाइमा पनि सहकारी अर्थतन्त्रअन्तर्गत दल निर्माण गर्नेतिर जानुपर्ने त होइन हामीहरु, त्यतातिर त सम्भावना छैन ? भन्ने कुरा पनि आएको छ । विविधकोणहरुबाट कुराहरु आएका छन् ।

यो छलफलले एउटा शुरुवात गरेको छ । गहिराई र विस्तार दुवै हिसाबले छलफल निकै राम्रो रह्यो भन्ने मलाई लागेको छ ।

(रातोपाटीले आयोजना गरेको बेलाको बहस– १ अन्तर्गत ‘दोषपूर्ण दलतन्त्रमा रुपान्तरण कसरी ? शीर्षकको अन्तर्क्रियाको रिपोर्टको अन्तिम अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप