बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जोन्सन एन्ड जोन्सनको खोपलाई डब्ल्युएचओले दियो अनुमति

शनिबार, २९ फागुन २०७७, १६ : ३९
शनिबार, २९ फागुन २०७७

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले अमेरिकी औषधी कम्पनी जोन्सन एन्ड जोन्सनको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । अन्य खोपहरू दुई डोज लगाउनुपर्ने भएपनि यो खोप एकैपटक लगाए पुुग्छ । 
डब्ल्युएचओको अनुमतिपछि अब अन्तर्राष्ट्रिय कोभ्याक्स अभियानअन्तर्गत गरिब देशहरुमा यो खोपलाई पठाउने बाटो खुलेको छ । 

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ११ करोड ९७ लाख नाघिसकेको छ । यद्यपी, निको हुनेको संख्या पनि पछिल्लो समय बढेको छ । अहिलेसम्म ९ करोड ६३ लाखभन्दा धेरै व्यक्ति निको भइसकेका छन् । सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । यहाँ, संक्रमितको संख्या २ करोड ९९ लाख ९३ हजार ४ सय २३ छ । त्यस्तै, ब्राजिलमा कुुल संक्रमितको संख्या १ करोड १३ लाख ६८ हजार ३ सय १६ छ । भारतमा कुल संक्रमित १ करोड १३ लाख  ३३ हजार ४ सय ९१ जना छन् । 

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ८५ हजार कोरोनाका बिरामी भेटिएका छन् र यसमध्ये ९ जनाभन्दा धेरैको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप